कैलालीमा बन्चरो प्रहार गरी आमाको हत्या

काठमाडाैं | माघ १७, २०७९

कैलालीमा बन्चरो प्रहार गरी आमाको हत्या

घोडाघोडी:   कैलालीमा छोराले बन्चरो प्रहार गरी आमाको हत्या गरेका छन् । लम्कीचुहा नगरपालिका वडा नम्बर ६ बागमाराका ४० वर्षीय श्रीराम थारुले बन्चरो प्रहार गरेर आमा लगनीदेवी थरुनीको हत्या गरेका हुन् ।


श्रीरामले मंगलबार राति ७१ वर्षीया आमा लगनीदेवीलाई बन्चरो प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बन्चरो प्रहारबाट गम्भीर घाइते हुनुभएकी थरुनीको उपचारका लागि लम्कीको लालरन्त अस्पताल लगिएकोमा उपचार हुन नसकेपछि थप उपचारका लागि नवजीवन अस्पताल धनगढी लगिएको थियो । उहाँको नवजीवन अस्पतालमा मृत्यु भएको जनाइएको छ ।


मृतकका जेठा छोरा रामलाल थारुले इलाका प्रहरी कार्यालय लम्कीमा जानकारी गराएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । बृद्धभत्ताका विषयमा श्रीरामले आमासँग झगडा गरिरहने परिवारका सदस्यले बताएका छन् । बृद्धाभत्ताकै कारण हत्या गरेको हुनसक्ने बताइएको छ । 


इलाका प्रहरी कार्यालय लम्कीले हत्याको अभियोगमा थारुलाई मंगलबार बिहान जङ्गलबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । 

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार इजरायलमा हमास समूहले बन्धक बनाएका विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइको लागि हर सम्भव पहलमा जुटिरहेको बताउनुभएको छ । उहाँले आज सामाजिक सञ्जालमार्फत ज...

थप पढ्नुहोस्

काठमाडौं:   काठमाडौंको बूढानीलकण्ठमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  गोल्फुटारदेखि बूढानीलकण्ठ नारायणस्थानतर्फ आउँदै गरेको स्कुटर र बूढानीलकण्ठबाट गोल्फुटारतर्फ जाँदै गरेको मोटर...

थप पढ्नुहोस्

गलकोट:  नौ वर्षदेखि कालोपत्र नहुँदा मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा सवारी साधनले सास्ती व्यहोर्दै आउनु परेको छ ।  बिहुँ–घोडाबाधे खण्डको १३ किलोमिटरमध्ये ६ किलोमिटर सडकको दुराअवस्थाका क...

थप पढ्नुहोस्