गुणस्तरहीन औषधि बिक्री रोक्न स्वास्थ्य मन्त्री गिरीको निर्देशन
काठमाडाैं | माघ १७, २०७९
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले बजारमा गुणस्तरहीन औषधि बिक्री भइरहेको भन्दै अनुगमन बढाउन निर्देशन दिनुभएको छ।
मङ्गलबार औषधि व्यवस्था विभागको निरीक्षणमा पुग्नुभएका मन्त्री गिरीले बजारमा छ्यापछ्याप्ती गुणस्तरहीन औषधि बिक्री भइरहेको गुनासो आइरहेको भन्दै सबै ठाउँमा अनुगमन बढाउन विभागलाई निर्देशन दिनुभएको हो।
उहाँले भन्नुभयो, “बजारमा अहिले पनि गुणस्तरहीन औषधि छ्यापछ्याप्ती छन्। तपाईँले केही ठाउँमा मात्र अनुगमन गर्दा पनि सात प्रतिशत गुणस्तरहीन औषधि भेटिएको छ। यदि सबै ठाउँमा अनुगमनको दायरा बढाउने हो भने अझ गुणस्तरहीन औषधि भेटिन्छन्।”
अनुगमन गर्ने जनशक्ति छैनन् भनेर जनताको स्वास्थ्यमा खेलबाड गर्ने छुट विभागलाई नभएको भन्दै उहाँले प्रभावकारी कार्ययोजना बनाएर जनताले अनुभूत गर्न सक्ने परिणाम मुखी काम गर्न निर्देशन दिनुभएको छ।
देशैभरका फार्मेसीको अनुगमन गर्न सातै प्रदेशमा औषधि विभागका कार्यालय स्थापना गर्नुपर्नेमा जोड दिनुभयो। अनुगमन र नियमनलाई प्रभावकारी बनाएर जान ठोस योजनाका साथ विभाग छिटो भन्दा छिटो मन्त्रालय आउन आग्रह गर्दै मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।
उहाँले अत्यावश्यक औषधि उत्पादनमा नेपाल आफैँ जुट्नुपर्नेमा जोड दिनुभयो। उहाँले आत्मनिर्भर बन्ने योजना र कार्ययोजना बनाउनु पर्नेमा जोड दिनुभयो।
उहाँले नवीकरण सम्बन्धी काम अनलाइन प्रणालीबाट गराउन पनि निर्देशन दिनुभयो।
व्यापारीले फार्मेसी दर्ता गरेपछि नवीकरणका लागि हरेक वर्ष काठमाडौं जानुपर्छ भन्ने गुनासो सुनेको भन्दै मन्त्री गिरीले गुणस्तरीय सेवा दिने कुरामा झन्झटिलो नियमन र अनुगमनको कुरामा निर्ममतापूर्वक कडाइ गर्न आग्रह गर्नुभयो।
उहाँले भन्नुभयो, “दर्ता गर्ने, नवीकरण गर्नेदेखि लिएर अन्य राज्यले दिने कुरामा सहज र खुकुलो वातावरण बनाइदिनुपर्छ। सकिन्छ भने अनलाइन सिस्टमबाट नै यो कुरा गर्नुपर्छ। अबको दुनियाँमा यो कुनै ठूलो कुरा होइन। अब अनलाइन प्रणालीमा जाँदा कार्यविधि बनाउनु पर्छ।”
मन्त्री गिरीले विभागलाई चाँडो भन्दा चाँडो कार्ययोजना बनाएर मन्त्रालयमा आफ्ना माग लिएर मन्त्रालयले आउन आग्रह गर्नुभयो।
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...
काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् । बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन तथा आर्थिक विधेयक, २०८३ पारित गर्ने कार्यसूची छ । सङ्घ...

