खोप्लाङेको १० रोपनी जमिनमा पार्किङ्को तयारी तर व्यवस्थापनमा अन्यौल

पाेखरा | माघ १८, २०७९

खोप्लाङेको १० रोपनी जमिनमा पार्किङ्को तयारी तर व्यवस्थापनमा अन्यौल

आगामी २३ गतेदेखि पोखरा महानगरपालिकाले नगर क्षेत्रमा पाकिङ् गर्न नपाइने सूचना जारी गरिसकेको छ । 

 

सूचना जारी भएपछि नगरवासीले मिश्रित प्रतिक्रिया जनाएका छन् । महानगरले पार्किङ् व्यवस्थापन गर्न वडा १६ का अध्यक्ष अमृत तिमिल्सिनाको संयोजकत्वमा पोखरा महाागर यातायात व्यवस्थापन समिति गठन गरेको छ । 

 

उनै संयोजक तिमिल्सिनाका अनुसार यतिबेला महानगर नयाँबजारस्थित प्रदर्शनी केन्द्र, न्यूरोडको पोखरा सभागृह, शहरी स्वास्थ्य केन्द्रमा पार्किङ् व्यवस्थापनको तयारी हुँदैछ । 

 

यस्तै, निजीतर्फ सेल्वेज टावर, मोबाइल टावर र व्यावसायिक भवनको अन्डरग्राउण्ड पार्किङलाई प्रयोगमा ल्याउने तिमिल्सिना बताउँछन् । तर महानगरले पार्किङ् व्यवस्थापन समिति गठन गरेपनि यसको जिम्मा नलिएको इन्जिनियर सुरेन्द्र पौडेल बताउँछन् । 

 

महानगरले पायक पर्ने नुरकुमार श्रेष्ठ (खोप्लाङे)को १० रोपनी जमिनमा पार्किङ् व्यवस्थापन गर्न सम्याएर राखेको छ । यद्यपि त्यहाँ पार्किङ व्यवस्थापनको जिम्मा भने देवेन्द्र केसीको हुने बताइन्छ । 

 

सुरुमा महानगरले व्यवस्थापन गर्ने भनिएपनि अहिले त्यो सत्य नभएको इन्जिनियर पौडेल बताउँछन् । ‘हामीले कहिँकतै व्यवस्था गर्दैनौ’ पौडेल भन्छन् ‘खोप्लाङे्को जग्गा सम्याइयो तर त्यहाँ पार्किङ् हुन्छ हुँदैन देवेन्द्र केसीलाई सोध्नुहोस् ।’

 

पौडेलको अनुसार सरकारी जग्गामा पार्र्किङको व्यवस्थापन महानगरले गर्नेछ तर धेरैको पायक पर्ने खोप्लाङेको जमिनमा भने पाकिङ् हुने वा नहुनेमा कुरा बाँझिएको छ ।

 

खोप्लाङेको ७ रोपनी जग्गा भाडामा लिएका केसीले भने पार्किङ व्यवस्थापन गर्ने विषयमा महानगरसँग कुनैपनि औपचारिक छलफल नभएको बताए । ‘मेयरसा’बले भेट हुँदा कुरा निकाल्नु भएको हो, महानगरले जमिन सम्याउनु भएको छ’ केसीले भने ‘तर व्यावसायिक प्रयोजनार्थ लिएको जमिनमा पार्किङ् उठाएर बस्न गाह्रो हुन्छ ।’

 

‘हामीले व्यवस्थापन गर्दैनौ, निजी क्षेत्रलाई दिने हो’ पौडेलले स्पष्ट पारे । 

 

पोखरा उद्योग वाणिज्य संघका पदाधिकारी भएकाले व्यावसायिक हित पहिलो प्राथमिकता भएको भन्दै उनले नगरलाई सुन्दर र व्यवस्थित गर्ने दायित्व भने रहेको उनको धारणा छ । 

 

कुटी रिसोर्टका सञ्चालकसमेत रहेका केसीले यस विषयमा संघसँग छलफल गरेर अघि बढ्ने बताएपनि पाकिङ् व्यवस्थापनको जिम्मा आफ्नो नभई महानगरपालिकाको भएको स्पष्ट पारे । 

 

त्यस्तै, लामो समय स्वामित्व विवादमा मुद्धा लडेर हारेका राजेन्द्रनिधि कोइरालाको न्यूरोडस्थित जग्गामा पनि महानगरले पार्किङ गर्न छुट्याएको छ । यता, पृथ्वीचोकस्थित साल्ट ट्रेडिङको क्षेत्र पनि प्रयोग गरिने महानगरले जनाएको छ । 

 

महानगरले प्रतिघण्टा दुईपाङ्ग्रे सवारी साधनलाई १०, साना ४ पाङ्ग्रेलाई ५०, मझौलालाई ७० र ठूला गाडीलाई १ सय रुपैयाँ तोकेको छ । 


 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्