सूर्ति तस्करीमा संलग्न एक पक्राउ
विराटनगर | माघ १८, २०७९

विराटनगर : नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत मोरङको रंगेली नगरपालिका–५ बाट प्रहरीले सूर्ति तस्करीमा संलग्न एक जनालाई पक्राउ गरेको छ।
भारतबाट तस्करी गरेर ल्याइएको ठूलो परिणामको सूर्तिसहित ३३ वर्षीय उसमान शेख मियाँलाई प्रहरीले बुधबार बिहान पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले मियाँलाई पक्राउ गर्नुका साथै ६ सय ९० किलोग्राम अवैध सूर्ति बरामद गरेको छ।
बोरामा प्याक गरेर ल्याइएको अवस्थामा अवैध सूर्ति बरामद भएको हो। प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईका अनुसार पक्राउ परेका मियाँ सूर्ति तस्करीमा संलग्न रहेको खुलेको छ।
भन्सार छली गरेर नेपालतर्फ सूर्ति भित्राउने धन्दामा उनको संलग्नता देखिएको प्रहरीले जनाएको छ। आवश्यक अनुसन्धान र कारबाही अघि बढाउनका लागि पक्राउ परेका मियाँ र बरामद भएको सूर्तिलाई प्रहरीले भन्सार बुझाएको छ।
काठमाडौं: भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजाआराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सु...
काठमाडौं: हरितालिका (तीज) पर्वमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि मूल मन्दिरका चार ढोका बिहान ३ः०० बजेदेखि खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । तीजका अवसरमा भगवान् श्रीपशुपतिनाथ...
पोखरा: पोखराको पुरानो टुँडिखेलमा जारी तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव २०८२ अन्र्तगत सोमबारदेखि ढिकि जातो प्रतियोगिता सुरु भएको छ । ‘हाम्रो सँस्कृति हाम्रो पहिचान लोपोन्...