नेपाल एयरलाइन्सको टिकट ई-सेवाबाट काट्न सकिने
काठमाडाैं | माघ २०, २०७९
काठमाडौं: नेपाल एयरलाइन्सको टिकट यात्रुको सहज पहुँचका लागि भन्दै नेपाल वायु सेवा निगमलेआजबाट ई सेवाबाट समेत काट्न मिल्ने व्यवस्था गरेको छ । ई सेवा मार्फत नेपाल एयरलाइन्सको टिकट सिस्टममा गएर उडान गर्ने गन्तव्य छनौट गरी टिकट काट्न सकिने व्यवस्था सुरु भएको हो ।
एयरलाइन्सले अन्तर्राष्ट्रिय र डोमेस्टिक यात्रुका लागि टिकट सिस्टम छुट्टा छुट्टै बनाएको छ । एयरलाइन्सले डोमेस्टिक उडानका लागि भोजपुर, दाङ, इलाम, काठमाडौँ, फाप्लु, ताप्लेजुङ, बाजुरा, डोल्पा, जुम्ला, खानिडाँडा, नेपालगन्ज, रुकुम, सिमकोट, ताल्चा, धामकर्ख विमानस्थलका लागि टिकट उपलब्ध गराएको छ ।
त्यसै गरी अन्तर्राष्ट्रिय चीन, भारत, जापान, मलेसिया, कतार, साउदी अरविया, थाङल्याण्ड, युएइका लागि टिकट उपलब्ध गराएको छ ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

