झापा दुर्घटनामा २ को मृत्यु
काठमाडाैं | माघ २०, २०७९
दमक: झापाको शिवसताक्षी नगरपालिकामा भएको सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । दुइवटा ट्रक एकआपसमा ठक्कर भएको थियो ।
पुर्व पश्चिम लोकमार्ग अन्तर्गत झापाको शिवसताक्षी नगरपालिका १ धरमपुरमा शुक्रबार विहान भएको सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो । पश्चिम बाट पुर्व जादै गरेको ना ६ ख ८८९५ नम्वरको मालवाहक ट्रक लाई सोहि दिशातर्फ जादै गरेकोे ना ३ ख ८३११ नम्वर ट्रकले ठक्कर दिइएको जनाइएको छ।
ठक्कर दिने ट्रकका चालक ईटहरी उपमहानगरपालिका बकलौरी निवासी वर्ष ३५ का मदन चौधरीको र पहिचान नखुलेका सह चालकको घटना स्थलमै मृत्यु भएको हो ।
दुर्घटना बाक्लो हुस्सुका कारण भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

