सांसद चौधरीलाई आज अदालतमा बुझाइने

काठमाडाैं | माघ २०, २०७९

सांसद चौधरीलाई आज अदालतमा बुझाइने

धनगढी:  तेह्र वर्ष अगाडि थरुहट आन्दोलनको क्रममा ट्याक्टर जलाएको घटनामा कसुरदार ठहर भई पक्राउ परेका  प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीलाई आज कैलाली जिल्ला अदालतमा बुझाउने तयारी भइरहेको छ । 

 

अदालत खुलेपछि उहाँलाई बुझाइने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो । काठमाण्डौं जाने क्रममा हिजो नेपाल प्रहरीले बाँकेको कोहलपुरबाट उहाँलाई पक्राउ गरेको थियो । पक्राउ पर्नु भएका चौधरीलाई नेपालगञ्जबाट जहाजमा काठमाण्डौं र काठमाण्डौंबाट हिजो साँझ जहाजमै धनगढी ल्याइएको छ । चौधरीसँग नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवम् सांसद रञ्जिता श्रेष्ठ चौधरी पनि कैलाली आउनु भएको छ ।  

 

२०६६ सालमा भएको थरुहट आन्दोलनको क्रममा बन्दको अवज्ञा गरिएको भन्दै लु २ त २११ नम्बरको ट्याक्टरमा बन्दकर्ताले आगजनी गरेका थिए । ट्याक्टरमा आगजनी गरिएको भन्दै ट्याक्टर धनी साबिककै बलिया–५ का महादेव बजगाईँले २०६७ भदौ ५ मा चौधरीसहित तीन जनाविरुद्ध किटानी जाहेरी दिनु भएको थियो ।  

 

प्रतिवादीको अनुपस्थितिमा २०७० वैशाख १० गते अदालतले फैसला गरेको थियो । अदालतले साबिकको बलिया गाविस–३ का अरुणकुमार चौधरी, सोही ठाउँका परशुराम चौधरी र कोटातुल्सीपुर गाविस–१ वीरबहादुर चौधरीलाई जनही छ महिना कैद सजायसहित आठ लाख १९ हजार ४२३ रुपियाँ बिगो तिर्नु पर्ने फैसला सुनाएको थियो ।

 

१० वर्ष अगाडि नै अदालतले फैसला गरे पनि चौधरीसहित कसुरदार तीनै जनालाई पक्राउ नगरी फरार सूचीमा राखिएको थियो । यसबिचमा चौधरीले कैयौँ पटक चुनावसमेत लडिसक्नु भएको छ । गत मङ्सिरमा सम्पन्न निर्वाचनमा उहाँ कैलाली–२ बाट नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनु भएको थियो । नागरिक उन्मुक्ति पार्टीले ११ वर्ष अगाडि नै सरकार र तत्कालीन आन्दोरत थरुहट सङ्घर्ष समितिबिच भएको सहमति विपरीत मुद्दा चलाइ पक्राउ गरेको जनाएको छ । 

 

विभिन्न माग राख्दै चरणबद्ध आन्दोलन गर्दै आएको थारु संयुक्त सङ्घर्ष समिति र नेपाल सरकारबिच २०६९ जेठ १० गते आठ १० बुँदे सहमति भएको थियो । जुन सहमतिको बुँदा ८ मा थारुहरूले चरणबद्ध रूपमा गरेको आन्दोलनको क्रममा पक्राउ परेकालाई निशर्त रिहा गर्ने, आन्दोलनको क्रममा लगाइएका सबै मुद्दा फिर्ता लिने र आन्दोलन रोक्ने सहमति गरिएको थियो । नेपाल सरकारको वार्ता टोली र थारु संयुक्त सङ्घर्ष समितिबिच भएको सम्झौता विपरित मुद्दा चलाएर दोषी ठहर गरी पक्राउ गर्ने कार्यको थरुहट÷थारुवान् राष्ट्रिय मोर्चा र थारु कल्याणकारिणी सभा कैलालीले विरोध जनाएका छन् । 

 

२०७२ साल भदौ ८ गते थारु समुदायका घर, व्यापारिक फर्म छानी–छानी जलाउनेलाई पक्राउसमेत नगरेको तर सरकार र आन्दोलनरत पक्षबिच मुद्दा फिर्ता गर्ने सहमति भएको घटनामा दोषी ठहर गरी पक्राउ गर्नु थारुमाथि राज्यको विभेद रहेको मोर्चा र सभाको ठहर छ । 

पोखरा:   पोखरामा जेसी नीति र महिला अधिकार सम्बन्धी अभिमुखीकरण तथा तीज विशेष कार्यक्रम भएको छ।सञ्चारिका समूह गण्डकीको आयोजनामा र असल छिमेकी सहयोग सङ्घ गोनेसाको सहयोगमा बुधबार कार्यक्रम भएको हो। गण्ड...

थप पढ्नुहोस्

पोखरा:   पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले यही भदौ १० र ११ गते पोखराको लेकसाइडस्थित बाराहीघाटमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ आयोजना गर्ने भएको छ ।  हरिताल...

थप पढ्नुहोस्

पोखरा:   उच्च हिमाली क्षेत्रहरुमा घुमघामका लागि पुग्ने पर्यटकहरुलाई खासगरी लेक लाग्ने समस्याबाट कसरी सुरक्षा प्रदान गर्न सकिन्छ भन्ने विषयमा बुधबार पोखरामा छलफल गरिएको छ । पदयात्रा र धार्मिक हिसावले हि...

थप पढ्नुहोस्