मिस नेपाल-२०२३ का सब-टाइटल प्रतिस्पर्धा पोखरामा हुने
काठमाडाैं | माघ २०, २०७९
काठमाडौं: पहिलोपटक मिस नेपाल प्रतियोगिता काठमाडौंबाहिर हुने भएको छ । द हिडन ट्रेजरले यस वर्षको संस्करणका सबटाइटल प्रतिस्पर्धा पर्यटकीय नगरी पोखरामा गर्दैछ । संस्थाका निर्देशक प्रमोद कंसाकारले सब-टाइटल इभेन्ट पोखरामा गर्दा निकट भविष्यमा ग्राण्ड फिनाले समेत गर्न सजिलो हुने बताए ।
तीन दिनसम्म हुने सबटाइटल प्रतिस्पर्धामा २४ जना फाइनलिस्टले सहभागिता जनाउनेछन् । पोखरामा यस्तो कार्यक्रम गर्न हिडन ट्रेजरले आफ्ना प्रायोजक र विभिन्न निकायसँग छलफल चलाइरहेको छ । मिस नेपाल २०२३ को आवेदन खुला गर्नेबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा द हिडन ट्रेजरले पोखरामा कार्यक्रम गर्नेबारे संकेत दिएको थियो ।
पोखरामा कार्यक्रम गर्दा रिफ्रेस पनि हुने र त्यहाँको जैविक विविधताबारे पनि अध्ययन गर्न सकिने निर्देशक कंसाकारले बताए । यस वर्षको मिस नेपाल प्रतियोगिता जेठ १३ गते ललितपुर गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुँदैछ । यसका लागि चैत १ गतेसम्म आवेदन खुला गरिएको छ ।
आवेदनको समय सकिएपछि सातै प्रदेशमा अडिसन आयोजना गरिएको छ । काठमाडौंको अडिसन मार्च १८ मा हुनेछ । इटहरी, वीरगञ्ज, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढी लगायत क्षेत्रीय अडिसनहरु मार्च १५ सम्म सम्पन्न हुने भएका छन् । जसको स्थान र मिति पछि सार्वजनिक गर्ने जनाइएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

