नाबालिका बलात्कार मुद्दामा ७३ वर्षीय वृद्धलाई जन्मकैदको फैसला
काठमाडाैं | माघ २०, २०७९
तनहुँ: नाबालिका बलत्कार गर्ने तनहुँका एक वृद्धलाई जन्मकैदको फैसला भएको छ। भानु नगरपालिका–१० का ७३ वर्षीय वृद्धलाई जिल्ला अदालत तनहुँले जन्मकैदको फैसला सुनाएको हो।
जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको इजलासले वृद्धलाई बुधबार जन्मकैदको फैसला सुनाएको अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिनुभयो ।
मुद्दाको संवेदनशीलताले गर्दा पीडकको नाम खुलाइएको छैन। वृद्धलाई वि.सं. २०७७ असार १५ मा र साउन ४ मा ९, ११ र १२ वर्षीया गरेर तीन जना बालिकालाई बलात्कार गरेको अभियोग लागेको तनहुँ जिल्ला अदालतले जनाएको छ।
आरोपितलाई प्रहरीले २०७७ कात्तिक २ गते पक्राउ गरेर जिल्ला कारागारको थुनामा राखेको थियो। सोही आरोपमा थुनामा रहेका १७ वर्षीय किशोरलाई भने अदालतले सफाइ दिइएको छ।
वि.सं. २०७७ कात्तिक २४ मा जबर्जस्ती करणी अभियोगमा प्रहरीले अदालतमा मुद्दा दर्ता गरेको श्रेतेदार कुँवरले जानकारी दिनुभयो । कुँवरका अनुसार आरोपित वृद्ध २०७७ कात्तिक अन्तिम सातादेखि पुर्पक्षका लागि थुनामा थिए।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

