कर्तव्य ज्यान मुद्दामा दम्पती पक्राउ

गुल्मी | माघ २१, २०७९

कर्तव्य ज्यान मुद्दामा दम्पती पक्राउ

गुल्मी:  जिल्ला प्रहरी कार्यालय गुल्मीले एक दम्पतीलाई कर्तव्य ज्यान मुद्दामा पक्राउ गरी सार्वजनिक गरेको छ ।

 

भारतको शेख अताहुसैइं–१८ लेन सुगौली पूर्वी चम्पारण बिहारका ४४ वर्षीय शेख आलिनामको हत्या आरोपमा पक्राउ परेका सत्यवती गाउँपालिका–१ रुद्रबेणीका छविलाल अधिकारी र उहाँकी श्रीमती विष्णु अधिकारीलाई आज (शनिबार) पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो ।

 

माघ १९ गते रुरुक्षेत्र गाँउपालिका–२ गुदेनबगरस्थित स्याङ्जा र गुल्मी जिल्लाको सिमाना भई बग्ने कालीगण्डकी नदीको किनारमा भारतीय नागरिक शेखको शव फेला परेको थियो ।

 

उक्त घटना अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक रविन्द्रकुमार श्रेष्ठको कमाण्डको टोली घटनास्थलमा खटिएको थियो । अनुसन्धानका क्रममा अधिकारी दम्पतीले नै भारतीय नागरिकको हत्या गरेको प्रहरीसमक्ष स्वीकारेका छन् ।

 

भारतीय नागरिक शेख कामको सिलसिलामा आउँदा सोही स्थानमा अधिकारी दम्पतीले सञ्चालन गरेको भुवन होटलमा बस्दै आएका थिए । मादक पदार्थ सेवन गरी आफ्नी श्रीमतीलाई जिस्काउने गरेको कारण छविलालले शेखको टाउकोमा हथौडा प्रहार गरी हत्या गरेको बयान दिएको प्रहरी उपरीक्षक रानाभाटले जानकारी दिनुभयो ।

 

भोलि (आइतबार) अधिकारी दम्पतीलाई जिल्ला अदालत गुल्मीबाट म्याद थप गरी अनुसन्धान गरिने प्रहरी उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिनुभयो । मृतक शेखको पहिचान उहाँका भिनाजुले कपडाको आधारमा गर्नुभएको छ ।

काठमाडौं:  नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ ।  एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया...

थप पढ्नुहोस्

गण्डकी:  ण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्...

थप पढ्नुहोस्

तनहुँ:  मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ ।  दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार ले...

थप पढ्नुहोस्