प्राज्ञिकको नवौँ राष्ट्रिय अधिवेशन धनगढीमा
धनगढी | माघ २१, २०७९
धनगढी: प्रत्येक दुुई वर्षको अन्तरालमा हुने प्राज्ञिकको नवौँ राष्ट्रिय अधिवेशन धनगढीमा हुने भएको छ ।
प्राज्ञिक विद्यार्थी परिषद, नेपालले आज शनिवार एक प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो ।
परिषद्ले आत्मनिर्भर अर्थतन्त्र र भष्ट्राचार नियन्त्रणका लागि नवौँ राष्ट्रिय अधिवेशन भन्ने मूूल ध्येयको साथ परिषद्को नवौँ राष्ट्रिय अधिवेशन गर्न लागेको विज्ञप्तिमा उल्लेख गरिएको छ । अधिवेशन आगामी चैत १८, १९ र २० गने सुदरपश्चिम प्रदेश धनगढीमा हुने छ ।
अधिवेशनमा उद्घाटन समारोह, शोभा यात्रा, खुल्ला अधिवेशन, प्रस्ताव सत्रहरु रहने छन् । भने राष्ट्रिय अध्यक्ष एवं राष्ट्रिय महासचिवको निर्वाचनसहित केन्द्रिय कार्यकारिणी समितिको घोषणा हुने जनाइएको छ ।
त्यस्तै अधिवेशनमा समाजसेवी युवाहरुलाई राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरुस्कारद्वारा सम्मान गरिने छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

