रास्वपा सभापति लामिछानेले विशेष पत्रकार सम्मेलन गर्दै

काठमाडाैं | माघ २२, २०७९

रास्वपा सभापति लामिछानेले विशेष पत्रकार सम्मेलन गर्दै

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज विशेष पत्रकार सम्मेलन गर्ने भएका छन्। रविले बैठकलगत्तै पार्टी कार्यालयबाट विशेष पत्रकार सम्मेलन गर्ने जानकारी गराएका छन्।

 

उनले आफूले सीधा कुरा नगरेको धेरै भएकाले पत्रकार सम्मेलनबाट हेर्न र सुन्न सबैमा आग्रह समेत गरेका छन्।

 

'पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै  पार्टी कार्यालय बाट आज  म विषेश पत्रकार सम्मेलन गर्दैछु। म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन  हेरुन्, सुनुन्। मैले सिधाकुरा नगरेको धेरै भएछ,'उनले लेखेका छन‍्।

 

पुन:नागरिकता लिएपछि लामिछाने गृहमन्त्रालयमा दावी गर्दै आएका छन्। लामिछानेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहबाहेक अन्य मन्त्रालय दिनसक्‍ने बताएपछि थप निर्णय लिने रास्वपाले केहीबेरमा केन्द्रीय समिति र संसदीय समितिको बैठक बोलाएको छ।

 

गृहमन्त्री नपाउने भएपछि सरकार छोड्‍ने चेतावनी रास्वपाले दिएको छ। सोही विषयमा टुंगो आजको बैठकले लगाउने जनाएको छ।

 

नागरिकता विवादमा सर्वोच्च अदालतले दोषी ठहर गरिदिएपछि लामिछानेको उप्रधान,गृह र सांसद पद गुमेको छ।

पोखरा:  पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...

थप पढ्नुहोस्

पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

थप पढ्नुहोस्