गायक मिङसोहाङको ‘तिम्रै हुनेछु’ सार्वजनिक

काठमाडाैं | माघ २२, २०७९

गायक मिङसोहाङको ‘तिम्रै हुनेछु’ सार्वजनिक

काठमाडौं:  भोइस अफ नेपाल सिजन ४ प्रतियोगी गायक मिङसोहाङ लिम्बुले आफ्नो पहिलो डेब्यु म्यूजिक भिडियो ‘तिम्रै हुनेछु’ सार्वजनिक गरेका छन् । प्रेमिल शैलीको यस गीतमा गायक लिम्बुलाई गायिका ममता गुरुङले स्वरमा साथ दिनुभएको छ ।

 

यस गीतलाई चर्चित गीतकार डि.पी खनालले लेख्नुभएको हो भने लोकप्रिय संगीतकार शंकर थापा ‘स्माइल’ले संगीतवद्द गर्नुभएको हो । विश्व अधिकारीको गीतमा संगीत संयोजन रहेको छ ।  म्यूजिक भिडियोमा अभिषेक श्रेष्ठ र बिमला लिम्बु बीचको प्रेम कथालाई प्रस्तुत गरिएको छ । 

 

बुद्ध थापाले छायाँकन गरेको यस भिडियोलाई दिन्शन शाहले सम्पादन गर्नुभएको छ । दीपक तुम्बापो निर्माता रहेको यस भिडियोलाई केशव राज भाटको निर्देशनमा तयार पारिएको हो ।  भिडियो ‘डी मिङसो म्यूजिक’ नामक युट्युव च्यानलमार्फत सार्वजनिक भएको हो । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्