विदेशिने युवाको संख्यामा भारी वृद्धि, २४ प्रतिशतले बढ्यो रेमिट्यान्स
काठमाडाैं | माघ २३, २०७९
काठमाडौं: चालु आर्थिक वर्ष २०७९/८० मा विदेशिने युवाको संख्यामा भारी वृद्धि भएको छ । यसका कारण रेमिट्यान्स आप्रवाह पनि गत वर्षको तुलनामा उच्च दरमा सुधारिएको छ ।
चालु आर्थिक वर्षको पहिलो ६ महिना अर्थात् पुससम्म रेमिट्यान्स (विप्रेषण) आप्रवाह झण्डै २५ प्रतिशतले बढेको छ । पुसम्म गत वर्षको तुलनामा रेमिट्यान्स आप्रवाह २४.३ प्रतिशतले बढेर ५ खर्ब ८५ अर्ब ८ करोड रुपैयाँ बराबर पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा पनि विप्रेषण आप्रवाह १३.९ प्रतिशतले बढेर ४ अर्ब ५० करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.७ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ६४.६ प्रतिशतले बढेको छ , पुसम्म २ लाख ७५ हजार ६४३ जना श्रमिक नयाँ भिसा लिएर विदेशमा पुगेका छन् ।
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ९.५ प्रतिशतले बढेर १ लाख ४२ हजार ५४८ पुगेको छ ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

