संसद हो कि चुनावी सभा छुट्याउन गाह्रो भयो :प्रदीप पौडेल

काठमाडाैं | माघ २५, २०७९

संसद हो कि चुनावी सभा छुट्याउन गाह्रो भयो :प्रदीप पौडेल

काठमाडौं : नेपाली कांग्रेस सांसद प्रदीप पौडेलले नयाँ संसद 'चुनावी सभा'जस्तो लागेको बताएका छन्। आफू पहिलो पटक संसद प्रवेश गरेको भन्दै त्यो संसद हो कि चुनावी सभा हो छुट्याउन गाह्रो भइरहेको उनको भनाइ छ।

 

बुधबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित कार्यक्रममा बोल्दै सांसद पौडेलले संसदमा सांसदहरूले सामान्य कुरामा समेत ख्याल नगरेको पाइएको बताए। 

 

'विभिन्न पार्टीबाट सांसदहरू संसदमा आउने भएपनि सबैको उद्देश्य समग्र व्‍यथितिका विरूद्ध लड्ने होला सोचेको तर त्यो अनुमान फेल खायो त्यो निरासामा परिणत भयो,'उनले भने कुनै तथ्यमा आधारित भएर बोल्नुपर्दैन। सबैको नजर केन्द्रित भएको संसदमा झुटो बोल्नुहुँदैन,यसलाई खण्डन गरिनेछ। यसले मेरो व्यक्तित्वमा आँच आउनेछ भनेर कसैले महशुस गरेको देखिएन।'

 

संसदजस्तो गरिमामय संस्थामा सांसदहरूले एकले अर्कोलाई गाली गर्ने,मर्यादा कायम नगरेको भन्दै आपत्ती जनाए। उनले भने,'एकले अर्कालाई गाली गर्ने। कुनै पनि मर्यादा कायम नगर्ने। म हुँदा सबै ठिक हुन्छ, म नहुँदा सबै बर्बाद भयो भन्ने तर्क तथ्यमा आधारित होइन दम्भ प्रस्‍तुत जुन खालको प्रवृत्ति देखिएको छ। यही संस्कारको विकास भयो भने लोकतन्त्रमाथि धेरै ठूलो खतरा हुने स्थिति छ।'


 
उनले गणतन्त्र प्राप्तिका लागि नेपाली कांग्रेसको ठूलो त्याग,तपस्या र योगदान रहेको बताए। संघर्षबाट थुप्रै उपलब्धि प्राप्त भएको भन्दै उनलेव्यवस्‍था परिवर्तन भएपनि अवस्थालाई अनुभूति गर्नेगरी परिवर्तन गर्न नसकिएको बताए।

 

उनले भने,'गणतन्त्र प्राप्‍तिको आन्दोलनमा जंगलमा बसेर हतियार बोकेर नभइ नारायणीहिटी दरबारको नाकैमुनि बसेर तमाम बेथितिको अन्त्यका लागि आफूलाई जोखिमा राखेर संघर्ष  गरेका थियौं। त्यो संघर्षबाट उपलब्धि भएनन् भन्ने होइन। थुप्रै उपलब्धी भए। तर,अनुभूति हुनेगरी स्थिति बनेन।'

 

अहिलेको आवश्यकता शालिक व्युताउने नभइ देशलाई समृद्धि बनाउन रहेको उनको भनाइ  छ।'आज फेरि भत्किएका, ढालिएका शालिकहरू व्युताउन खोजिएको छ। आजको आवश्यकता शालिक व्युताउने होइन देशलाई समृद्धि बनाउने हो।'

पोखरा:  कास्कीको सराङकोटमा स्थापना भएको ५१ फिट अग्लो पन्चमुखि गणेशको पुजा आराधनाको लागि केवलकारबाट आउन जान नेपाली तथा भारतीय पर्यटकहरुलाई साविक भाडा दरमा ५० प्रतिशत छुट कायम गरिएको छ ।  बु...

थप पढ्नुहोस्

तनहुँः  देवघाट गाउँपालिका-५ बुद्धचोकस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक बालक  बेपत्ता भएका छन् ।  उनीसँगै पौडी खेल्न गएका एक बालकको सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अ...

थप पढ्नुहोस्

पर्सा:  वीरगञ्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमतिको सङ्ख्या घटेको छैन । ...

थप पढ्नुहोस्