राष्ट्रियसभा सदस्यमा एमालेका कुमार दशौदी विजयी

काठमाडाैं | माघ २५, २०७९

राष्ट्रियसभा सदस्यमा एमालेका कुमार दशौदी विजयी

दाङ:  राष्ट्रियसभा उपनिर्वाचनमा सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा (एमाले) का उम्मेदवार कुमार दशौदी विजयी हुनुभएको छ ।  खसेको कुल मतको मतभार ७ हजार ९ सय मध्ये ४ हजार २६ मत प्राप्त गरी दशौदी राष्ट्रियसभा सदस्यमा विजयी हुनुभएको हो ।

 

दशौदीले प्रदेशतर्फ २०६४ र स्थानीय तहतर्फ १९६२ गरी जम्मा  ४ हजार २६ मतभार प्राप्त गर्नु भएको छ । 

 

नेपाली कांग्रेसका उम्मेदवार माधवप्रसाद आचार्यले प्रदेशतर्फ १७७६ र स्थानीय तहतर्फ १९४४ जम्मा ३७२० मत प्राप्त गर्नुभयो।

 

 नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर रायले १ सय ९२ मतभार प्राप्त गर्नुभएको निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिनुभएको  छ । प्रदेश सभातर्फ १ सय ४४ मतभार बदर भएको छ ।

 

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा रिक्त एक सदस्य चयन गर्नका भएको मतदानमा प्रदेशसभाका ८७ जना र स्थानीय तहका प्रमुख–उपप्रमुख २ सय १७ जनाले मतदान गर्नुभएको थियोे ।

 

प्रदेशसभा सदस्य  र स्थानीय तह प्रमुख उपप्रमुख गरी ३०५ जना मतदाता रहेकोमा रुपन्देही जिल्लाको मर्चवार गाउँपालिका उपप्रमुख आशा सिंह मतदानमा सहभागी हुनु भएन । सिंह नेपाली प्रगतिशील पार्टीबाट स्थानीय तह उपप्रमुखमा निर्वाचित हुनुभएको थियो।  राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि उपनिर्वाचन भएको थियो ।

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्

काठमाडौँ-   प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् ।   बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन तथा आर्थिक विधेयक, २०८३ पारित गर्ने कार्यसूची छ ।   सङ्घ...

थप पढ्नुहोस्