सुदूरपश्चिममा एकीकृत समाजवादी सरकारमा जाने
काठमाडाैं | माघ २७, २०७९
काठमाडौँ: नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशको सरकारमा सहभागी हुने भएको छ ।
एमाले नेतृत्वको सरकार ढलेपछि सुदूरपश्चिम प्रदेशमा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्रीमा बिहीबार नियुक्त भएका थिए । आज मुख्यमन्त्री शाहले शपथ लिँदैछन् । मुख्यमन्त्री शाहले शपथ लिएलगत्तै कांग्रेसका एक र एकीकृत समाजवादीका एक मन्त्रीले शपथ लिने कार्यक्रम रहेको समाजवादीका नेता दीर्घ सोडारीले जानकारी दिए ।
‘हाम्रो पार्टी सरकारमा जान्छ, व्यक्ति को भन्ने तय भैसकेको छैन’, सोडारीले भने । यसैबीच मुख्यमन्त्री शाहले साढे ३ बजे शपथ लिने भने पनि आधा घण्टा पर सरेको छ । चार बजेमात्रै मुख्यमन्त्रीले शपथ लिने कार्यक्रम तय भएको बुझिएको छ । ५३ सदस्यीय प्रदेश सभामा एकीकृत समाजवादीका ४ सांसद छन् ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

