निशुल्क कम्प्युटर प्रशिक्षण तालिम दिँदै विद्यार्थी परिषद्

पाेखरा | माघ २७, २०७९

निशुल्क कम्प्युटर प्रशिक्षण तालिम दिँदै विद्यार्थी परिषद्

पोखरा:  प्राज्ञिक विद्यार्थी परिषद्,नेपाल पोखरा महानगर एकाइ समितिले  तीन महिने निशूल्क कम्प्युटर प्रशिक्षण तालिम दिँदै आएको छ । 


परिषद्ले सिक्न इच्छुक विद्यार्थी तर विभिन्न समस्याका कारण सिक्न नपाएका विद्यार्थीहरुका लागि उनीहरुको समयअनुकुल कम्प्युटर प्रशिक्षण तालिम दिँदै आएको हो । 


भिमकालीपाटन बगर–१  मा अवस्थित आफ्नै कार्यालयमा ५ जनाको समूह बनाई १ दिनमा ६ समुहलाई अर्थात १ दिनमा ३० प्रशिक्षार्थीलाई प्रशिक्षण तालिम दिदै आइरहेको परिषद्का कास्की जिल्ला संगठन सचिव भूपेन्द्र महराले बताए । 


अबको पुस्तामा कम्प्युटर ज्ञान अनिवार्य हुनु पर्छ । महराले भने, ‘हामि कम्प्युटर युगबाट गुज्रिरहेका छाँ । जतिसुकै शिक्षित व्यक्ति भएपनि कम्प्युटरको ज्ञान छैन भने निरक्षरको रुपमा गनिएको महशुस गर्दछन । त्यस्तै धेरै जनाले गर्ने काम कम्प्युटरबाट एक्लै थोरै समयमा गर्न सकिन्छ । त्यसैले कम्प्युटर ज्ञान अनिवार्य हुनपर्छ ।’


प्राज्ञिकले कम्प्युटर तालिम मात्र नभई विभिन्न सीममूलक प्रशिक्षण तालिम, व्यक्तित्व नेतृत्व विकास तालिम, बाल संस्कार, संस्कृत सम्मेलन, शिक्षक कार्यशाला, कानुन सम्मेलन, निरामय(मेडिकल) सम्मेलन, संकल्प(इन्जिनियरिङ) सम्मेलन, स्वाध्य मण्डल, रक्तदान कार्यक्रम, उद्वार तथा राहत कार्यक्रम, समय व्यवस्थापन, अभ्यास वर्ग, आदर्श क्याम्पस र विश्वविद्यालयको वातावरण निर्माण जस्ता सम्पूर्ण निकायहरुको सरोकारको विषयमा ठोस नीतिगत सुझाव जस्ता तमाम कुराहरुमा केन्द्रित रहेर कार्य गरिरहेको महराले बताए । 


प्राज्ञिक०५२ सालमा स्थापना भई २८ वर्ष देखि राष्ट्र पुननिर्माणको कार्य गर्दै आइरहेको छ । महराले भने, ‘ राष्ट्र पुननिर्माणको कार्य मूलतः रचानात्मक एवम् पुण्यको कार्य हो । आफू स्वयंमबाट परिवर्तनको प्रारम्भ गर्नुपर्छ । त्यसैले म परिवर्तन हुन्छु, समाज र राष्ट्र परिवर्तन हुने छ । भन्ने भावका साथ सकारात्मक सोचाई, इमान्दारिता, परिश्रमशीलता, सामाजिक संवेदना, त्याग आदि गुणहरुले युक्त  व्यक्तिको निर्माण एवम् विकास होस भन्ने दृष्टिले विभिन्न प्रकारका रचानात्मक कार्यक्रमहरु गर्दै आइरहेका छौँ ।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्