सरकारले सम्झौता अनुसार समयमै गर्नुपर्ने भुक्तानीमा ढिलाइ गरेको छ:  अध्यक्ष सिंह

पाेखरा | माघ २९, २०७९

सरकारले सम्झौता अनुसार समयमै गर्नुपर्ने भुक्तानीमा ढिलाइ गरेको छ:  अध्यक्ष सिंह

पोखरा:    नेपाल निर्माण व्यवसायी संघ कास्कीको २९ औं साधारण शनिबार पोखरामा भएको छ । साधारणसभाको उद्घाटनपछि बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सम्झौता अनुसार समयमै गर्नुपर्ने भुक्तानीमा सरकारले ढिलाइ गरेको बताएका छन् । 


‘देशभरका १७ हजार निर्माण व्यवासायीको आवाज सुन्न भन्दा पनि आफ्नै सत्ता टिकाउन सरकार व्यस्त रहेको छ, सिंहले भने, ‘सरकारले निर्माण व्यवसायीलाई सम्झौता अनुसार समयमै गर्नुपर्ने भुक्तानी गर्न ढिलाई गरेको छ, सक्ताको अगाडी पछाडी रहेका कसैले पनि निर्माण व्यवसायीको गुनासो सुनेका छैनन् ।’


सार्वजनिक खरिद ऐन पूर्वाधार मैत्री र मुलुक सुहाउँदो हुने गरी संशोधन गर्न पनि उनले सुझाव राखे । साधारणसभामा पोखरा २६ का वडा अध्यक्ष नरेन्द्र थापा, पोखरा ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानी, संघका सदस्य एवं वडा १७ का सदस्य विक्रम गुरुङ, अग्रज व्यवसायी कृष्णप्रसाद अधिकारी, भीमबहादुर श्रेष्ठ, विष्णुप्रसाद श्रेष्ठ, भरतराज भट्टराई र मुक्तिनाथ सुवेदीलाई सम्मान गरेको छ । 

 

एसईईमा उत्कृष्ट अंक ल्याएका निर्माण व्यवसायीका छोराछोरी विनीता भण्डारी र निशान ढकाललाई पनि सो अवसरमा पुरस्कृत गरेको थियो ।


त्यस अवसरमा संघका सचिव इञ्जिनियर शिरशकुमार बास्तोलाले सचिवको प्रतिवेदन प्रस्तुत गर्दै चालू आर्थिक वर्षका लागि विभिन्न १५ बुँदे कार्यक्रम पेश गरे । कोषाध्यक्ष उत्तम सिग्देलले चालु आर्थिक वर्ष २०७९र०८० का लागि ४५ लाख ९० हजार रुपैयाँको वजेट प्रस्तुत गरे ।


कार्यक्रमका सभापति एवं आयोजक संघका अध्यक्ष लिलकाजी गुरुङले उपस्थित सबैलाई धन्यवाद प्रकट गर्दै निर्माण व्यवसायीका समस्या समाधान गर्न व्यावसायिक एकताको आबश्यकता औंल्याए ।


उक्त अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष एवं नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष सुकुन्तलाल हिराचन, नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष खिमप्रकाश मल्ल, सदस्य सुरेश श्रेष्ठ र गंगा पोखरेल, गण्डकी प्रदेश निर्माण व्यवसायी संघका अध्यक्ष टंकराज बराल र नेपाल इञ्जिनियर्स एसोसिएशन गण्डकीका अध्यक्ष व्रिजेन्द्र केसीले भनाई राखेका थिए ।

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्