रवि र तेलिनाको कप्तानीमा बागलुङको भलिबल टोली घोषणा
बाग्लुङ | माघ २९, २०७९
बागलुङ: स्याङ्जाको वालिङमा हुने मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा सहभागिता जनाउन जिल्ला भलिबल संघ बागलुङले टोली घोषणा गरेको छ ।
फागुन १ देखि ३ गतेसम्म स्याङ्जाको वालिङमा आयोजना हुने मुख्यमन्त्री कपमा पुरुष तर्फ यू–२३ राष्ट्रिय टोलीका सदस्य रवि केसी र महिला तर्फ तेलिना छन्त्यालको कप्तानीमा टोली घोषणा गरेका संघका उपाध्यक्ष किशोर छन्त्यालले जानकारी दिए ।
पुरुषतर्फ रवि केसीको कप्तानीमा प्रकाश सुनार, प्रविण विक, राजकुमार प्रटेल, ईन्द्र विक, नकुल शाही, कुश्मन थापा, नविन क्षेत्री, मिन सुनार, छम कुवर र कुन्जन शाही छनोट भएका हुन् । पुरुषतर्फको कोचमा कृष्ण शेरचन र व्यवस्थापकमा दिपक मल्ल रहेका छन् ।
महिलातर्फ तेलिना छन्त्यालको कप्तानीमा यशोदा पुन, माया पुन, रिता काउचा, चन्द्रीका रोका, अपेक्षा काउचा, शमिक्षा श्रीस, शुशीला घर्ति, रोजि राना, सुस्मीता सिपार्ली, आंशिका क्षेत्री र हिमाली रोका छनोट भएका हुन् । महिलातर्फ टिम कोचमा किशोर थापा र व्यवस्थापकमा प्रकाश थापा रहेका छन् ।
मुख्यमन्त्री कप भलिबल प्रतियोगितामा सहभागिता जनाउन गलकोटमा सम्पन्न भएको मेयरकप भलिबल प्रतियोगितामा सहभागि भएका पालिकाबाट खेलाडी छनोट गरेको जिल्ला भलिबल संघ बागलुङले जनाएको छ ।

पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

