पोखरामा ८ औं नदीपुर महिला, पुरुष भलिबल प्रतियोगिताको तयारी तीव्र
सातौ एनभिए, आठौ र नवौ खेल खेलेको ३ जना खेलाडी समावेश गर्न पाइने
पाेखरा | माघ २९, २०७९
पोखरा: पुन एकता क्लबद्धारा आयोजित आठौं नदीपुर महिला, पुरुष तथा प्रौढ भलिबलको तयारी तीव्र पारिएको छ ।
स्वर्गीय मेजर चन्द्रबहादुर पहरे पुनको स्मृतिमा पुन एकता क्लबले आयोजना गरेको आठौं नदीपुर महिला, पुरुष तथा प्रौढ भलिबलको तयारी तीव्र पारिएको आज (आइतबार) पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।
नेपालीहरुको चाड महाशिवरात्रीको अवसरमा फागुन ९ देखि १३ गतेसम्म पोखरामा ८ औं नदीपुर महिला, पुरुष तथा प्रौढ भलिबल आयोजना गरेको क्लबका अध्यक्ष सुदिप पुर्जाले बताए ।
‘स्वर्गीय मेजर चन्द्रबहादुर पहरे पुनको स्मृतिमा क्लबले आयोजना गर्दै आएको प्रतियोगितालाई यस वर्षपनि निरन्तरता दिएका छौं, पुर्जाले भने, ‘महाशिवरात्रीको अवसरमा फागुन ९ देखि १३ गतेसम्म पोखरा ३ नदीपुरमा प्रतियोगिता सञ्चालन गर्दै छौं ।’
उनका अनुसार कर्पाकेली समाज भवन नदिपुरमा हुने प्रतियोगितामा पुरुषतर्फ पहिलो हुने समूहले १ लाख ५ हजार, दोस्रो हुने समूहले ७० हजार शिल मेडल प्रमाण प्राप्त गर्नेछन् भने, प्रतियोगितामा सहभागिता हुन प्रत्येक समूहलाई ८ हजार शुल्क निर्धारण गरेको छ ।
यस्तै महिलातर्फ पहिलो हुने समूहले ५० हजार र दोस्रो हुने समूहले ३० हजार शिल मेडल र प्रमाणपत्र पाउनेछन् भने ५ हजार शुल्क निर्धारण गरेको छ, । प्रौढ भलिबलतर्फ पहिलो हुने समूहले ३० र दोस्रो हुने समूहले २० हजारसहित शिल मेडल प्रमाणपत्र पुरस्कार पाउनेछन् भने प्रवेश शुल्क टिम सहभागिता अनुसार निर्धारण गर्ने बताइएको छ ।
यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी महिला र पुरुषतर्फ एक÷एक जनालाई पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ ।
आयोजकले एनभिए च्याम्पियनसिप, आठौ र नवौं राष्ट्रिय खेल खेलेको ३ जना मात्र पुरुषतर्फ सहभागिता हुन पाउने र महिलातर्फ नवौं राष्ट्रिय खेल खेलेको एक जना खेलाडी मात्र समावेश गर्न पाउने बताएको छ । यस्तै विभागीय क्लबले टिम दर्ता गर्दा सम्बन्धित क्लबले स्वीकृत गरेको पत्र अनिवार्य गरेको छ ।
प्रतियोगिता अवलोकन गर्न सेमिफाइनल र फाइनलमा १ सय र अन्य खेलमा ५० रुपैयाँको टिकट लाग्ने आयोजकले जनाएको छ ।
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया...
गण्डकी: ण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्...
तनहुँ: मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ । दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार ले...

