पोखरामा ८ औं नदीपुर महिला, पुरुष भलिबल प्रतियोगिताको तयारी तीव्र
सातौ एनभिए, आठौ र नवौ खेल खेलेको ३ जना खेलाडी समावेश गर्न पाइने
पाेखरा | माघ २९, २०७९
पोखरा: पुन एकता क्लबद्धारा आयोजित आठौं नदीपुर महिला, पुरुष तथा प्रौढ भलिबलको तयारी तीव्र पारिएको छ ।
स्वर्गीय मेजर चन्द्रबहादुर पहरे पुनको स्मृतिमा पुन एकता क्लबले आयोजना गरेको आठौं नदीपुर महिला, पुरुष तथा प्रौढ भलिबलको तयारी तीव्र पारिएको आज (आइतबार) पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।
नेपालीहरुको चाड महाशिवरात्रीको अवसरमा फागुन ९ देखि १३ गतेसम्म पोखरामा ८ औं नदीपुर महिला, पुरुष तथा प्रौढ भलिबल आयोजना गरेको क्लबका अध्यक्ष सुदिप पुर्जाले बताए ।
‘स्वर्गीय मेजर चन्द्रबहादुर पहरे पुनको स्मृतिमा क्लबले आयोजना गर्दै आएको प्रतियोगितालाई यस वर्षपनि निरन्तरता दिएका छौं, पुर्जाले भने, ‘महाशिवरात्रीको अवसरमा फागुन ९ देखि १३ गतेसम्म पोखरा ३ नदीपुरमा प्रतियोगिता सञ्चालन गर्दै छौं ।’
उनका अनुसार कर्पाकेली समाज भवन नदिपुरमा हुने प्रतियोगितामा पुरुषतर्फ पहिलो हुने समूहले १ लाख ५ हजार, दोस्रो हुने समूहले ७० हजार शिल मेडल प्रमाण प्राप्त गर्नेछन् भने, प्रतियोगितामा सहभागिता हुन प्रत्येक समूहलाई ८ हजार शुल्क निर्धारण गरेको छ ।
यस्तै महिलातर्फ पहिलो हुने समूहले ५० हजार र दोस्रो हुने समूहले ३० हजार शिल मेडल र प्रमाणपत्र पाउनेछन् भने ५ हजार शुल्क निर्धारण गरेको छ, । प्रौढ भलिबलतर्फ पहिलो हुने समूहले ३० र दोस्रो हुने समूहले २० हजारसहित शिल मेडल प्रमाणपत्र पुरस्कार पाउनेछन् भने प्रवेश शुल्क टिम सहभागिता अनुसार निर्धारण गर्ने बताइएको छ ।
यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी महिला र पुरुषतर्फ एक÷एक जनालाई पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ ।
आयोजकले एनभिए च्याम्पियनसिप, आठौ र नवौं राष्ट्रिय खेल खेलेको ३ जना मात्र पुरुषतर्फ सहभागिता हुन पाउने र महिलातर्फ नवौं राष्ट्रिय खेल खेलेको एक जना खेलाडी मात्र समावेश गर्न पाउने बताएको छ । यस्तै विभागीय क्लबले टिम दर्ता गर्दा सम्बन्धित क्लबले स्वीकृत गरेको पत्र अनिवार्य गरेको छ ।
प्रतियोगिता अवलोकन गर्न सेमिफाइनल र फाइनलमा १ सय र अन्य खेलमा ५० रुपैयाँको टिकट लाग्ने आयोजकले जनाएको छ ।
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

