बिटी कपमा गन्नी एफसी च्याम्पियन
पाेखरा | फागुन १, २०७९
पोखरा: बुद्धटोल युवा क्लबद्वारा आयोजित १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा गन्नी एफसी च्याम्पियन बनेको छ ।
पोखरा महानगरपालिका १ बगरस्थित पुरानो टुडिखेलमा आज (सोमबार) भएको फाइनल खेलमा लामागाउँ गुम्बा एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै गन्नी एफसी च्याम्पियन बनेको हो ।
च्याम्पियन बनेको गन्नीको जितमा अनिश तामाङले निर्णायक गोल गरे ।
पहिलोपटक उपाधि जितेको गन्नी एफसीले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ६१ हजार १ सय ५१ रुपैया प्राप्त गर्याे ।
क्लबका अध्यक्ष असिम थापाका अनुसार उपविजेता बनेको लामागाउँ गुम्बा एफसीले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्याे ।
सो प्रतियोगिताबाट सर्वाेत्कृष्ट खेलाडीका रुपमा गन्नी एफसीका अनिश तामाङ घोषित हुँदै ट्रफिसहित नगद रु ८ हजार प्राप्त गरे ।
यस्तै उत्कृष्ट गोलरक्षकका रुपमा सोही टिमकै सन्देश गुरुङ, उत्कृष्ट मिडफिल्डरका रुपमा गन्नी एफसीकै लक्षु थापामगर, उत्कृष्ट डिफेण्डरका रुपमा लामागाउँका सरोज तितुङ तामाङ र सर्वाधिक गोलकर्ताका रुपमा सोही क्लबकै अनुज भण्डारीले ट्रफि र जनही ६/६ हजार नगद प्राप्त गरे ।
सो प्रतियोगिताबाट वी आर ब्रदर्श काठमाडौंको टोलीलाई अनुशासित टिम घोषित हुँदै शिल्डसहित नगद रु ९ हजार प्रदान गरेको खेल संयोजक विनोद गुरुङले जानकारी दिए ।
प्रतियोगिताको विजेता तथा उपविजेता टोलीलाई कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका गण्डकी प्रदेश उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रेशम जुग्जाली मगर, क्लबका निवर्तमान अध्यक्ष विजया गुरुङ, सल्लाहकार, राधा गुरुङ, क्लबका अध्यक्ष असिम थापा लगायतले पुरस्कार वितरण गरेका थिए ।
सो अवसरमा बोल्दै मन्त्री जुग्जालीमगरले पोखराको परिचय पर्यटन मात्रै नभएर खेलकुदको पनि अहम भूमिका रहेको धारणा राखे ।
उनले क्लबले रचनात्मक कार्य गर्दै आएको बताउदै आगामी दिनमासमेत निरत्तर काम गर्नुपर्नेमा जोड दिए । उनले आगामी वर्षको नीति तथा कार्यक्रममा पोखरा लगायत ११ वटै जिल्लाको खेल गतिविधिलाई पर्यटनसँग जोड्न प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले खेलकुदलाई पर्यटनसँग जोड्न सकेको खण्डमा प्रदेशको अर्थतन्त्रमा टेवा पुग्ने धारणा राख्दै आफुले पहल गर्ने उल्लेख गरे ।
स्थानीय क्लबले खेलकुदको विकासमा योगदान गरेको भन्दै आगामी आफ्नो मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्नेसमेत बताएका थिए ।
पोखरा: एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...
पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका ...
पोखरा: गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

