श्रीमानले गरे श्रीमतीको हत्या

काठमाडाैं | फागुन २, २०७९

श्रीमानले गरे श्रीमतीको हत्या

दैलेख : दैलेखमा एक पुरुषले श्रीमतीको हत्या गरेका छन् । गुराँस गाउँपालिका–८ माथिल्लो गर्चाका २८ वर्षीय कृष्णबहादुर खड्काले २७ वर्षीया पार्वती बिसीको हत्या गरेका हुन् ।

 

खड्काले सोमबार राती श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिए । काठको गरालो घटनास्थलमा भेटिएको र सोहि गरालोले प्रहार गरेर हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी लम्सालले बताए । 

 

डीएसपी लम्सालका अनुसार खड्का र बिसीको गत मंसिरमा विवाह भएको थियो । खड्काले विवाह गरेको तीन महिना नबित्दै श्रीमतीको हत्या गरेका हुन् । मृतक बिसीको माइती घर गुराँस गाउँपालिका–६ मा हो । 

 

‘पति पत्नी दुवै अशक्त हुनुहुन्छ,पति बोल्न नसक्ने र कान नसुन्ने हुनुहुन्छ,पत्नी सुस्त मनस्थितीको रहेको अनुसन्धानबाट खुलेको छ,'डीएसपी लम्सालले भने, ‘सोमबार पति पत्नीबीच सामान्य झै–झगडा परेको हुनसक्छ,पत्नी हत्यामा संलग्न खड्का बोल्न नसक्ने  र कान नसुन्ने भएका कारण के कारणले हत्या गरेको भन्ने खुलेको छैन् ।’

 

खड्कालाई प्रहरीले पक्राउ गरेको छ। मृतकको तर्फबाट भिनाजु नाता पर्नेले जाहेरी दिएको र घटनाबारे थप अनुसन्धान थालिएको डीएसपी लम्सालले बताए । मृतकको शव पोस्टमार्टमका लागि दैलेख जिल्ला अस्पतालमा ल्याइएको छ । 

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्