नामिबियाविरुद्ध नेपालको कीर्तिमानी जित
काठमाडाैं | फागुन २, २०७९
काठमाडौं : कुशल भुर्तेलको शतकप्रेरित नेपालले विश्वकप क्रिकेट लिग २ अन्तर्गत एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा नामिबियाविरुद्ध कीर्तिमानी दुई विकेटको जित निकालेको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले दुई सय ८६ रनको लक्ष्य पाएको थियो।
जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४७.४ ओभरमा आठ विकेट गुमाएर दुई सय ८७ रन बनाउँदै कीर्तिमानी लक्ष्यसहित जित निकाल्यो।
यो नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा चेज गरेको सबैभन्दा ठूलो लक्ष्य हो। यसअघि सन् २०१९ मा यूएईविरुद्ध कीर्तिपुरमै दुई सय ५४ रनको लक्ष्य चेज गरेको थियो।
नेपालका लागि एक सय १३ बलको सामना गरेका कुशलले १० चौका र चार चौकासहित एक सय १५ रनको शानदार शतकीय इनिङ खेले। यस्तै, कप्ता रोहित पौडेल ७२ रन जोडेर पेभेलिन फर्किँदा सन्दीप जोरा २८ रन जोडेर पेभेलियन फर्किँदा करण केसी २० रन बनाएर अविजित रहे।
त्यसअघि ओपनर आसिफ शेख शून्य, ज्ञानेन्द्र मल्ल २५, कुशल मल्ल ६ र दीपेन्द्रसिंह ऐरी सात रन बनाएर आउट भएका थिए।
नामिबियाका लागि रुबेन थ्रुम्पेल्मान र यान निकोलले सर्वाधिक तीन–तीन विकेट लिए।
पहिलो इनिङमा नामिबियाका लागि तेस्रो नम्बरमा क्रिजमा उत्रिएका लिगेनले एक सय १८ बलमा ६ चौका र चार छक्कासहित १०० रन पूरा गरेका लिगेनले एक सय ३६ मा ९ चौका र पाँच छक्कासहित एक सय ३३ रन बनाएर पेभेलियन फर्के।
यसअघि लिगेनले तेस्रो विकेट कप्तान जेरार्ड इरास्मससँग १२४ रनको साझेदारी गरेका थिए। कुशल मल्लले गरेको ३७औं ओभरको पहिलो बलमा सन्दीप लामिछानेबाट क्याच हुनुअघि इरास्मसले ७९ बलमा दुई चौका र तीन छक्कासहित ५६ रन बनाएका थिए।
त्यसबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। बलात्कारको अभियोगमा तकरीबन ६ महिना बाहिर रहेका सन्दीप लामिछानेले पनि आजको खेलबाट मैदानमा पुनरागमन गरेका थिए।
उनले आफ्नो क्वोटाको पूरा १० ओभर बलिङ गर्दै ६६ रन खर्चेर तीन विकेट लिए। करण केसीले १० ओभरमा ६१ रन खर्चेर एक मेडनसहित सर्वाधिक पाँच विकेट लिएका थिए।
यस्तै, कुशल मल्ल र सोमपाल कामीले एक–एक विकेट लिएका थिए।
गत महिना नेपाली टिमको प्रमुख प्रशिक्षक नियुक्त भएका भारतीय प्रशिक्षक मोन्टी देशाईको नेतृत्वमा यो पहिलो खेल हो। नेपालले शृंखलाअन्तर्गत शुक्रबार नेपालले स्कटल्यान्डसँग खेल्ने छ। यस्तै, शनिबार नामिबिया र अर्को मंगलबार स्कटल्यान्डसँग खेलेर शृंखला टुङ्ग्याउने छ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

