मुस्ताङ बस दुर्घटनाः १३ जनालाई पोखरा ल्याइदै

अनेरास्ववियुको महाधिवेशनमा हिडेका थिए दुई प्रतिनिध

मुस्ताङ | फागुन ३, २०७९

मुस्ताङ बस दुर्घटनाः १३ जनालाई पोखरा ल्याइदै

मुस्ताङ:    मुस्ताङको थासाङ गाउँपालिका ३ धम्पु सडकमा आज बिहान बस दुर्घटना घाइते भएका १३ जनालाई पोखरा रिफर गरिएको छ । 


बसमा सवार १७ जनामध्ये १३ जनालाई पोखरा रिफर गरिरहेको र ४ जनाको लेते प्राथमिक स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरिक्षक (डीएसपी)  रविन्द्रनाथ पौडेलले जानकारी दिए । 


बसमा दुई भारतिय नागरिक सहित १२ जना पुरुष, ४ जना महिला र १ जना नाबालक रहेको मुस्ताङ प्रहरीले जनाएको छ । 


मुस्ताङ प्रहरीका अनुसार म्याग्दी कोरला यातायातको ना ७ ख ७४४० नम्बरको बस बुधबार बिहान ८ः३० बजे बेनी–जोमसोम सडकबाट कालिगण्डकी नदीमा खसेको हो। दुर्घटनामा बिमती परियार, शर्मिला परियार, लक्ष्मी परियार, सुनिल परियार, राजकुमार बुढाथोकी, उमेश सापकोटा, पेमा छेतेन बिक, सुग्रिब परियार (नाबालक) र भारतीय नागरिक सुनिल पटेल, अपिता गोगय गम्भीर घाइते भएका हुन् । 

 

बस दुर्घटनामा घाइते भएका पेमा छेतेन बिक र सुनिल परियार नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनमा सहभागि हुन काठमाडौं हिडेका थिए । 


बस दुर्घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय र लेते प्रहरी चौकीबाट प्रहरी टोली र स्थानीयबासी उद्दारमा खटिएका थिए । बस दुर्घटना कसरी भयो भन्ने भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । 
 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्