मुख्यमन्त्री भलिबल कपको उपाधि महिलातर्फ म्याग्दी र पुरुषतर्फ बागलुङलाई

पाेखरा | फागुन ३, २०७९

मुख्यमन्त्री भलिबल कपको उपाधि महिलातर्फ म्याग्दी र पुरुषतर्फ बागलुङलाई photo Reezan Magar

पोखरा:   गण्डकी प्रदेशको स्थापना दिवसको अवसरमा आयोजित गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष भलिबलको उपाधि महिलातर्फ म्याग्दी र पुरुषतर्फ बागलुङले जितेको छ ।  


स्याङ्जाको वालिङमा सम्पन्न भएको गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री भलिबल प्रतियोगिताको पुरुषतर्फको फाइनल खेलमा जिल्ला भलिबल संघ बागलुङले पर्वतलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । 


बागलुङले पहिलो सेट २५–१९ ले जितेको थियो । निकै प्रतिस्पर्धात्मक भएको दोस्रो सेट २७–२९ ले गुमाएको थियो । तेस्रो सेट २५–२२ ले जितेको बागलुङले चौथो सेटमा शुरुवाती ३ अङ्कले पछि परेको बागलुङले २१–२१ पछि उत्कृष्ट पुनरागमन गर्दै २८–२६ले जित्दै उपाधि जितेको हो ।  


यस्तै महिलातर्फ भने जिल्ला भलिबल संघ म्याग्दीले पर्वतलाई सोझो ३–० को सेटमा पराजित गर्दै उपाधि जितेको छ ।

 


म्याग्दीले २५–१४, २५–१६ र २५–१६ अङ्कले विजयी हुँदै प्रदेशस्तरीय मुख्यमन्त्री कप भलिबलको उपाधि जित्न सफल भएको हो । 


यस्तै महिलातर्फ नै जिल्ला भलिबल संघ स्याङ्जा तेस्रो भएको छ । जिल्ला भलिबल संघ तनहुँलाई पराजित गर्दै तेस्रो हुन सफल भएको हो । पुरुषतर्फको तेस्रो स्थानका लागि भएको खेलमा जिल्ला भलिबल संघ नवलपुरले तनहुँलाई सोझो सेटमा पराजित गरेको छ । 


प्रतियोगितामा महिला तथा पुरुषतर्फको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार प्राप्त गर्नेछन् ।  । यस्तै प्रतियोगितामा उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीले जनही १५ हजार र विधागततर्फ ५ जना खेलाडीले जनही १० हजारसहित प्रमाणपत्र मेडल प्राप्त गरेका छन् । 

 

महिला तथा पुरुष भलिबल प्रतियोगिताका उपाधि बिजेता र उपविजेतालाई गण्डकी प्रदेशको स्थापना दिवसको अवसरमा फागुन ४ गते पोखरामा बिशेष सम्मानको साथ पुरस्कार बितरण गरिने प्रदेश खेलकुद परिषदले जनाएको छ ।

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्