कप्तान अरुणा र रवि सर्वोत्कृष्ट खेलाडी

पाेखरा | फागुन ३, २०७९

कप्तान अरुणा र रवि सर्वोत्कृष्ट खेलाडी

पोखरा:   राष्ट्रिय महिला भलिबल टोलीका कप्तान अरुणा शाही र पुरुष यू–२३ राष्ट्रिय टोलीका सदस्य रवि केसी सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । 


गण्डकी प्रदेशको स्थापना दिवसको अवसरमा स्याङ्जाको वालिङमा सम्पन्न भएको गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा जिल्ला भलिबल संघ म्याग्दीका कप्तान अरुणा र बागलुङका कप्तान रवि सर्वोकृष्ट खेलाडी घोषित भएका हुन् । उनीहरुले नगद १५ हजार पुरस्कार प्राप्त गरे । 


महिलातर्फ विधागतमा उत्कृष्ट सर्भर सोइङ थापा (स्याङ्जा), स्पाइकर रिमा कुँवर (पर्वत), ब्लकर तिलिजा पुन (म्याग्दी), लिब्रो जायरा निसा (स्याङ्जा), सेटर रविना घर्तिमगर (म्याग्दी) र उत्कृष्ट कोच जिल्ला भलिबल संघ म्याग्दीका मलिन रोका घोषित भए । उनीहरुले जनही १० हजार पुरस्कार प्राप्त गरे । 


पुरुषतर्फ विधागतमा उत्कृष्ट सर्भर घनश्याम चौधरी (नवलपुर), सेटर मिन सुनार (बागलुङ), ब्लकर हिमाल सुनारी (नवलपुर), लिब्रो सौगात जिसी (पर्वत), स्पाइकर विष्णु क्षेत्री (पर्वत) र उत्कृष्ट कोच जिल्ला भलिबल संघ बागलुङका कृष्ण शेरचन घोषित भए । उनीहरुले जनही १० हजार पुरस्कार प्राप्त गरे । 


स्याङ्जाको वालिङमा सम्पन्न भएको गण्डकी प्रदेश मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ जिल्ला भलिबल संघ म्याग्दी र पुरुषतर्फ बागलुङले उपाधि जितेका थिए । 


 

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्