बालुवाटारमा प्रचण्ड र ओलीबीच २ घन्टा एक्लाएक्लै वार्ता
काठमाडाैं | फागुन ४, २०७९
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार दुई घन्टाभन्दा बढी वार्ता भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार उनीहरूबीच एक्लाएक्लै भेटवार्ता भएको हो। भावी राष्ट्रपतिबारे फरक-फरक कोणबाट चर्चा भइरहेका बेला सत्तारूढ दलका दुई शीर्ष नेता लामो छलफलमा जुटेका हुन्।
एमालेले पूर्वसहमति अनुसार अबको राष्ट्रपति एमालेबाट हुनु पर्ने बताएको छ भने माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताइरहेको छ।
प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेसले समेत संसदमा विश्वासको मत दिएपछि माओवादीले राष्ट्रिय सहमतिमा जोड दिन थालेको हो।
स्रोतका अनुसार माओवादीले राष्ट्रपतिको उम्मेदवारी दर्ता गर्ने दिन फागुन १३ गतेभन्दा अघि नै राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गर्न लागेको छ।
पोखरा: लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष ३ गते देखि १४ गते सम्म आयोजना गरेको २१ औ संस्करणको लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन...
काठमाडौं: यहाँको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ पर्यटन विकासको प्रचुर सम्भावना हुँदाहुँदै ओ...
पोखरा: अन्तर बिद्यालय स्तरिय खुल्ला चित्रकला प्रतियोगितामा न्यू मिलेनियम स्कुलका समृद्ध जंग गोदार प्रथम हुनु भएको छ । ड्यामसाइड क्लबको आयोजनामा आइतबार पोखराको माछापुच्छ«े प्रतिबिम्ब पार्क (...

