१७ औं पोखरा अन्तराष्ट्रिय म्याराथनमा ८ हजार धावक

पाेखरा | फागुन ४, २०७९

१७ औं पोखरा अन्तराष्ट्रिय म्याराथनमा ८ हजार धावक

पोखरा:   नेपाल भुतपूर्व खेलाडी मञ्चको आयोजनामा फागुन ६ गते शनिबार हुने १७ औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको तयारी पूरा भएको छ । 


नेपाली अग्रज खेलाडीहरुको संस्था नेपाल भुतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिबार हुने सो प्रतियोगिताको तयारी पूरा भएको मञ्चले आज (बिहीबार) पोखरामा पत्रकार सम्मेलन गरि जनाएको हो । 


आगमी शनिबार पोखरा रंगशालामा बिहान ६ बजेबाट हुने कार्यक्रममा सहभागिताका लागि विभिन्न विद्यामा हालसम्म झण्डै ८ हजार जनाले नाम दर्ता गराएको मञ्चले जनाएको छ । 


यस वर्षको खुल्ला म्यारथनमा १५० जना धावकहरु सहभागि हुने भएका छन् भने महिलातर्फको हाफ म्याराथनमा ३५ जना धावहरुले नाम दर्ता गराएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिए ।

 
यस्तै १० किलोमिटर पुरुषतर्फ एक हजार पाँच सय र महिलातर्फ छ सय जनाले नाम दर्ता गराएका छन् । ५ किलोमिटर दौडमा ७० वटा विद्यालयका छात्र र छात्रतर्फ क्रमश एक हजार छ सय र छ सय जनाले नाम दर्ता गराएका छन् । ह्विलचेयरतर्फ ४७ जना , दृष्टिविहिन दौडतर्फ ९० जना र ‘रन फर फन’तर्फ सबैभन्दा धेरै ५ हजार जनाले नाम दर्ता गराएको आयोजक मञ्चले जनाएको छ । 


प्रतियोगितामा विदेशी १६ देशका धावक सहित नेपालका सात वटै प्रदेशबाट ३७ जिल्लाका धावकहरुले सहभागिता जनाउने छन् । 


४२.१९५ किलोमिटर दौड (म्याराथन)का विजेताले  ५ लाख, दोस्रो हुनेले ३ लाख र तेस्रो हुनेले २ लाख र चौथो हुनेले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । मञ्चले गण्डकी प्रदेशका धावकहरुका लागि छुट्टै पुरस्कारको व्यवस्था गरेको छ । जसमा प्रदेशबाट सहभागि धावकहरुलाई प्रथम, द्वितिय र तृतिय पुरस्कार स्वरुप क्रमश ५० हजार, ३० हजार, २० हजार रुपैयाँ प्रदान गरिने छ । 


यस्तै महिलातर्फको हाफ म्याराथनमा पहिलो हुनेलाई एक लाख ५० हजार, दोश्रो हुनेलाई एक लाख, तेस्रो हुनेलाई ७५ हजार र सान्तवना पुरस्कार स्वरुप १५ हजार प्रदान गरिने जनाइएको छ । 


१० किलोमिटर महिला तथा पुरुष दौडका विजेतालाई प्रथम, द्वितिय र तृतिय  पुरस्कार स्वरुप क्रमश ३० हजार, २० हजार र १५ हजार, ५ किलोमिटर छात्र छात्रा दौडतर्फ १५ हजार १० हजार र ७ हजार रुपैयाँ क्रमश प्रथम, द्वितिय, तृतिय हुनेले प्राप्त गर्ने छन् । 


यसैगरि मञ्चले ह्विलचेयर र दृष्टिविहिन महिला÷पुरुष दौडतर्फ प्रथम, द्वितिय र  तृतिय हुनेले १० हजार ७ हजार र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । 


यस वर्षदेखि पोखरा म्याराथनले म्याराथनहरुको अन्तर्राष्ट्रिय छाता संस्था एसोसिएसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेसेस (एम्स) को मान्यता प्राप्त गरेको छ । प्रतियोगितालाई सुजल डेरी प्रा.लि.ले २०७२ देखि मुख्य प्रायोजन गर्दै आइरहेको छ । प्रतियोगिता सम्पन्न गर्न ९३ लाख खर्च लाग्ने आयोजकको अनुमान छ ।


यसै विच पोखरा म्याराथनका लागि विभिन्न देशका नेपाली संघ–संस्थाहरुले संस्थागत तथा व्यक्तिगत रुपमा सहयोग गरेका छन् । यस्तो सहयोग गर्नेहरुमा पोखरा अन्तर्राष्ट्रिय म्याराथनको अन्तर्राष्ट्रिय पार्टनर संस्था पोखरेली मञ्च यूकेले ४ लाख, न्यू ह्याम्पशायर वोष्टन अमेरीका निवासी नेपाली समाजले १ लाख १० हजार,  एनआरएनए एनसिसी अस्ट्रेलियाले ५२ हजार, मञ्चका अस्ट्रेलियास्थित डर्विन संयोजक चन्द्र प्रकाश गुरुङलगायत सहकर्मीहरुले एक मुष्ट ५१ हजार, समाजसेवी भोज बहादुर गुरुङले २५ हजार, तारा गुरुङ अस्ट्रेलियाबाट २५ हजार सहयोग गरेका छन् । 


सो रकम पत्रकार सम्मेलनमा हस्तान्तरण गरिएको थियो । सो अवसरमा पोखरेली मञ्च यूकेका अध्यक्ष करम गुरुङ, ओलम्पियन नारायण गुरुङ, फेदी खोला समाज यूकेका अध्यक्ष हरि गुरुङ, मञ्चका अस्ट्रेलिया संयोजक चन्द्र प्रकाश गुरुङलगायतले आफ्ना भनाई राख्दै पोखरा म्याराथनले विश्वमा छरिएर रहेका नेपालीहरुलाई एक ठाउँमा ल्याउन सहयोग गरेको बताए । 


पोखरा म्याराथनलाई प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगर पालिका, राष्ट्रिय खेलकुद परिषद, कृषि विकास बैंक, केल्मी, एक्स टेप, नेपाल टुरिजम वोर्ड, हिमा असलगायतले सहयोग तथा प्रायोजन गरेक छन् ।   


 

पोखरा:   एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...

थप पढ्नुहोस्

पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका ...

थप पढ्नुहोस्

पोखरा:   गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

थप पढ्नुहोस्