विश्वकप क्रिकेट लिग २: स्कटल्यान्डविरुद्ध नेपालको खराब सुरुवात
काठमाडाैं | फागुन ५, २०७९
काठमाडौं : विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलामा स्कटल्यान्डविरुद्ध दुई सय ७५ रनको लक्ष्य पछ्याइरहेको नेपालले खराब सुरुवात गरेको छ। त्रिवि क्रिकेट मैदानमा जारी खेलको निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर स्कटल्यान्डले दुई सय ७४ रनको योगफल बनाएको थियो।
जवाफी ब्याटिङमा उत्रिएको नेपालले पावर प्लेमा चार विकेट गुमाएर ६८ रन बनाएको छ। नेपालका ओपनर कुशल भुर्तेल १६, आसिफ शेख ९, ज्ञानेन्द्र मल्ल चार तथा कप्तान रोहित पौडेल ६ रन जोडेर पेभेलियन फर्किसकेका छन्।
स्कटल्यान्डका लागि क्रिस सोलले सर्वाधिक तीन तथा मार्क वाटले एक विकेट लिएका छन्। नेपालका लागि क्रिजमा कुशल मल्ल १६ तथा सन्दीप जोरा पाँच रन बनाएर खेलिरहेका छन्।
पहिलो इनिङमा एक सय ११ रन बनाउँदा २५औं ओभरमा ६ विकेट गुमाएको स्टकल्यान्डका लागि लिस्कले शानदार इनिङ खेलेका थिए। भ्रमणकारी टिमका लागि ८५ बलको सामना गरेका लिस्कले तीन चौका र ९ छक्कासहित एक सय सात रनको अविजित शतकीय इनिङ खेलेका थिए।
लिस्कसँग ८१ रनको साझेदारी गरेका ज्याक हार्भिसले २६ रन बनाएर आउट भएका थिए। त्यसअघि ओपनर क्रिस्टोफर म्याकब्राइड २२ तथा कप्तान रिची १९ रन जोडेर पेभेलियन फर्केका थिए।
त्यसबाहेक ब्रान्डोन म्याकमुलेन २२ तथा क्रिस ग्रिभेस १६ रन जोडेर आउट भए। मार्क वाट २० रन जोडेर रन आउट भए।
नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा २७ रन खर्चेर सर्वाधिक तीन विकेट लिए। यस्तै, कुशल मल्लले ९ ओभरमा ४९ रन खर्चेर एक विकेट लिँदा एक मेडन राखेका थिए। यस्तै, सोमपाल कामी, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए।
शृंखलामा यो दुवै टिमको दोस्रो खेल हो। नेपालले पहिलो खेलमा नामिबियालाई दुई विकेटले पराजित गरेको थियो। यस्तै, बुधबार स्कटल्यान्डले नामिबियाविरुद्ध १० विकेटको शानदार जित निकालेको थियो।
जितसँगै स्कटल्यान्ड विश्वकप क्रिकेट लिग २ च्याम्पियन बनिसकेको छ।
गलकोट: चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका–१० स्थित दब्ल्याङको पहिरो नियन्त्रण गर्न थालिएको छ । बागलुङ–१० भकुण्डेस्थित दब्ल्याङमा गएको पहिरोले जिल्लाका दक्षिणी क्षेत्रका दुई वटा सडक ब...
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

