स्ववियु निर्वाचन मिति नतोकेपछि जनप्रिय क्याम्पसमा तालाबन्दी
पाेखरा | फागुन ५, २०७९
पोखरा: स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन मिति नतोकेपछि पोखरा स्थित जनप्रिय बहुमुखी क्याम्पसमा तीन विद्यार्थी संगठनले तालाबन्दी गरेका छन् ।
नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अखिल क्रान्तिकारी जनप्रिय बहुमुखी क्याम्पस कमिटीले सयुक्त रुपमा स्ववियु निर्वाचनको माग गर्दै तालाबन्दी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
तीन विद्यार्थी संगठनका नेताहरुले हस्ताक्षर गरिएको विज्ञप्तीमा भनिएको छ ‘क्याम्पसमा सक्रिय रहेका विद्यार्थी संगठनको बिचार–विमर्श र छलफललाई क्याम्पस प्रशासनले आफ्ना तवरले व्याख्याले गर्दै कुनै अमुक संगठन र विद्यार्थी नेतालाई मात्र हावी गराउने गरी आम–विद्यार्थीको भावना र आस्थालाई कुल्चेर गर्न खोजिएको व्याख्याप्रति घोर आपत्ति छ ।’

विद्यार्थी संगठनले क्याम्पस प्रमुखको कार्यकक्ष, प्रशासनिक कक्ष, लेखा शाखा र भर्ना काउन्टरमा अनिश्चितकालका लागि तालाबन्दी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
अहिले क्याम्पस प्रशासन र विद्यार्थी संगठनबीच वार्ता चलिरहेको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

