दार्चुलामा करेन्ट लागेर एक जनाको मृत्यु, एक घाइते
दार्चुला | फागुन ७, २०७९

दार्चुला : दार्चुलामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मार्मा गाउँपालिका-३ नलबगडस्थित सडकमा माटो फाल्ने टिप्परको ढालाले नांगो बिजुलीको तारमा छुँदा टिप्पर चालकको मृत्यु भएको हो।
टिप्परको ढाला बिजुलीको तारमा लागेर गम्भीर घाइते भएका कैलालीको लम्किचुहा नगरपालिकाको चिसापानीका २३ वर्षीय लिला थापाको उपचारका लागि अस्पताल लैजाने बेला बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले बताए।
उनका अनुसार टिप्पर सहचालक मार्मा गाउँपालिका-६ का अन्दाजी १९ वर्षीय प्रकाश सिहं ठगुन्ना सामान्य घाइते भएका छन्
पोखरा: पोखराको पुरानो टुँडिखेलमा जारी तेस्रो संस्करणको ऐतिहासिक टँुडिखेल तीज महोत्सव २०८२ अन्र्तगत मंगलबार एकल नृत्य प्रतियोगिता सुरु भएको छ । ‘हाम्रो सँस्कृति हाम्रो पहिचान लोपो...
पोखरा: गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले परम्परागत तीज गीत प्रतियोगिताले मौलिक तीजे भाकाहरू जीवन्त राख्न सघाउ पुग्ने बताउनुभएको छ । पोखराको मालेपाटन स्थित सूर्यचन्द्र विकास समाजले आयोजना ग...
पोखरा: पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को आयोजनामा मंगलबारदेखि पोखराको लेकसाइडस्थित बाराहीघाट चौरमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ सुरु भएको छ । हरितालिका...