दार्चुलामा करेन्ट लागेर एक जनाको मृत्यु, एक घाइते
दार्चुला | फागुन ७, २०७९
दार्चुला : दार्चुलामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मार्मा गाउँपालिका-३ नलबगडस्थित सडकमा माटो फाल्ने टिप्परको ढालाले नांगो बिजुलीको तारमा छुँदा टिप्पर चालकको मृत्यु भएको हो।
टिप्परको ढाला बिजुलीको तारमा लागेर गम्भीर घाइते भएका कैलालीको लम्किचुहा नगरपालिकाको चिसापानीका २३ वर्षीय लिला थापाको उपचारका लागि अस्पताल लैजाने बेला बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले बताए।
उनका अनुसार टिप्पर सहचालक मार्मा गाउँपालिका-६ का अन्दाजी १९ वर्षीय प्रकाश सिहं ठगुन्ना सामान्य घाइते भएका छन्
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

