राष्ट्रपतिमा कांग्रेसकै उम्मेदवार चयन हुन्छ : महामन्त्री शर्मा

काठमाडाैं | फागुन ७, २०७९

राष्ट्रपतिमा कांग्रेसकै उम्मेदवार चयन हुन्छ : महामन्त्री शर्मा

सुर्खेत:  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रपति पदमा कांग्रेसकै उम्मेदवार चयन हुने दाबी गर्नुभएको छ । आइतबार सुर्खेतमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा महामन्त्री शर्माले सो कुरा बताउनुभएको हो ।

 

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनपछि शीतल निवासमा कांग्रेसकै नेतृत्व देखिने उहाँको दाबी छ । निर्वाचनको समयमा रहेको गठबन्धन बमोजिमकै राष्ट्रपति निर्वाचनमा पनि तालमेल हुने भएकाले कांग्रेस उम्मेदवार नै राष्ट्रपति हुने उहाँको आशय छ । पुस १० गते अघिकै गठबन्धन ब्युँतिने सङ्केत गर्दै महामन्त्री शर्माले संविधानको संरक्षक र कार्यान्वयनको जिम्मेवारीका रूपमा रहेको राष्ट्रपति पदमा कांग्रेस अग्रसर हुनु स्वाभाविक रहेको बताउनुभयो । 

 

गठबन्धन ब्युँताउन आवश्यक परेको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाललाई नै पाँच वर्ष पूर्ण कार्यकाल कायम राख्नेगरी भए पनि काङ्ग्रेसले सहमति जनाउन सक्ने उहाँले बताउनुभयो । ‘कांग्रेसले आफू प्रधानमन्त्री हुनेभन्दा पनि संविधानको रक्षा र प्रणालीलाई सफल बनाउन पाँच वर्ष पूरै कार्यकाल वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाललाई नै दिन सकिन्छ ।’  

 

उहाँले कांग्रेसबाट राष्ट्रपति उम्मेदवारीका रूपमा सभापति शेरबहादुर देउवासहित रामचन्द्र पौडेल, कृष्ण श्रेष्ठ, गोपालमान श्रेष्ठ र मनबहादुर विश्वकर्मासहितको चर्चा छ ।

पोखरा:  कास्कीको सराङकोटमा स्थापना भएको ५१ फिट अग्लो पन्चमुखि गणेशको पुजा आराधनाको लागि केवलकारबाट आउन जान नेपाली तथा भारतीय पर्यटकहरुलाई साविक भाडा दरमा ५० प्रतिशत छुट कायम गरिएको छ ।  बु...

थप पढ्नुहोस्

तनहुँः  देवघाट गाउँपालिका-५ बुद्धचोकस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक बालक  बेपत्ता भएका छन् ।  उनीसँगै पौडी खेल्न गएका एक बालकको सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अ...

थप पढ्नुहोस्

पर्सा:  वीरगञ्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमतिको सङ्ख्या घटेको छैन । ...

थप पढ्नुहोस्