हेटौँडा अस्पतालको नवनिर्मित भवन राष्ट्रपतिद्वारा उद्घाटन गरिने
काठमाडाैं | फागुन ७, २०७९

हेटौँडा: हेटौँडा अस्पतालको नवनिर्मित भवनको राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्नुहुने भएको छ । सङ्घीय सरकारको बजेटमा निर्माण भएको ७० शैयाको नयाँ भवनको मङ्गलबार राष्ट्रपति भण्डारीले उदघाटन गर्ने कार्यक्रम तय भएको अस्पातल व्यवस्थापन तथा सञ्चालन समितिले जनाएकोछ ।
अस्पतालले आइतबार पत्रकार सम्मेलन गरी नयाँ भवन निर्माणसँगै थप सेवा र सुविधा विस्तार गरेको जनाएको छ । सङ्घीय सरकार अन्तर्गत जिल्ला अस्पतालका रुपमा रहेको हेटौँडा अस्पताल देश सङ्घीय संरचनामा गएसँगै बागमती प्रदेश सरकार मातहत रहनेगरी हस्तान्तरण गरिएको थियो ।
अस्पातल व्यवस्थापन तथा सञ्चालन समितिका सदस्य उत्सव चौलागाईँले अस्पतालको पुरानो भवन साँघुरो भएपछि र सेवाग्राहीको चाप बढेपछि नवनिर्मित भवनबाट यसअघि सेवा सञ्चालनमा ल्याइएको बताउनुभयो ।
नयाँ भवन मूल्य अभिवृद्धि करसहित सङ्घीय सरकारको ३५ करोड ३२ लाख रुपियाँको लागतमा निर्माण गरिएको हो । अस्पतालको नवनिर्मित भवन, विकास समितिको ६० र नेपाल सरकारको ५० शैया गरी झण्डै दुई सय शैया रहेको छ । प्रदेश सरकारले पछिल्लो समय मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत राखेको यस अस्पतालबाट नाक, कान, घाँटी, बालरोग, स्त्रीरोग, छाला लगायतका रोगका बिरामीका लागि विशेषज्ञ सेवा प्रदान गर्दैआएको अस्पतालका अध्यक्ष तथा प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईंले बताउनुभयो ।
प्रतिष्ठानका कुलपति प्रा.डा. विश्वराज जोशीले अस्पताललाई अध्ययन, अनुसन्धान र उपचार केन्द्रको रुपमा विकास गरिने जानकारी दिनुभयो । अस्पतालको नवनिर्मित भवन राष्ट्रपति भण्डारीबाट उदघाटन गर्ने कार्यक्रम तय भएसँगै अस्पतालको आसपासको क्षेत्रको सरसफाइ, अस्पताल परिसरका सडकको अस्थायी निर्माणमा तिव्रता दिइएको छ ।
पोखरा: कास्कीको सराङकोटमा स्थापना भएको ५१ फिट अग्लो पन्चमुखि गणेशको पुजा आराधनाको लागि केवलकारबाट आउन जान नेपाली तथा भारतीय पर्यटकहरुलाई साविक भाडा दरमा ५० प्रतिशत छुट कायम गरिएको छ । बु...
तनहुँः देवघाट गाउँपालिका-५ बुद्धचोकस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन् । उनीसँगै पौडी खेल्न गएका एक बालकको सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अ...
पर्सा: वीरगञ्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमतिको सङ्ख्या घटेको छैन । ...