सांसद भण्डारीको प्लाटिलेट्सकाे मात्रा बढ्दै
काठमाडाैं | फागुन ८, २०७९

काठमाडौं: ग्यास सिलिण्डरबाट ग्यास चुहिएर कोठामा आगो लाग्दा जलेर गम्भीर घाइते हुनुभएका नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीको प्लाटिलेट्सको मात्रा बढेको छ ।
नेता भण्डारीको उपचारमा संलग्न चिकित्सक डा. मुकेश मिश्रा र डा. सिद्धार्थ केशवानीले प्लाटिलेट्सको मात्रा बढेको र पिसाबको मात्रा सामान्य रहेको जानकारी दिनुभएको कांग्रेस नेता योगराज कँडेलले बताउनुभयो ।
यसैगरी, एक्सरेकाे तल्लो भागमा हल्का अस्पष्ट रहेको छ भने ज्वरो नरहेको पनि चिकित्सकले जनाएको छ । साथै नेता भण्डारीको सबै अङ्गहरुले सामान्य काम गरिरहेको र कृत्रिम अक्सिजन बन्द गरी परीक्षण गरिएको कांग्रेस नेता कँडेलले बताउनुभयो ।
ग्यास चुहिएर भएको आगलागीबाट घाइते भएका सांसद भण्डारीको भारतको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा उपचार भइरहेको छ । गत शुक्रबार दिउँसो भण्डारीको दुवै खुट्टाको शल्यक्रिया गरिएको थियो । सांसद भण्डारीलाई गत बिहीबार दिउँसो श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत मुम्बई लगिएको थियो ।
काठमाडौंको बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बजे ग्यास सिलिण्डर विस्फोट हुँदा भण्डारी र उहाँकी आमा जलेर घाइते हुनुभएको थियो । उहाँलाई बुधबार राति नै कीर्तिपुर अस्पताल लगिएको थियो । सांसद भण्डारीकी ८६ वर्षीया आमा हरिकला भण्डारीको भने बिहीबार बिहान उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको छ ।
पोखरा: पोखरा र बागलुङबाट एक थास प्रकाशित हुँदै आएको ढोरपाटन दैनिक २३ औं वर्षमा प्रवेश गरेको छ । आफ्नो २३ औं वार्षिकोत्सव आइतबार एक समारोहका बिच पोखरामा मनाइएको छ । सोही क्रममा कार्यक्रमको उ...
पोखरा: पोखरामा पहिलो पटक मगर प्रसारण दिवस मनाइएको छ । नेपाल मगर पत्रकार संघ कास्कीको आयोजना र नेपाल मगर संघ सराङकोट इकाई समितिको व्यवस्थापनमा पोखरामा पहिलो पटक मगर प्रसारण दिवस मनाइएको हो । ...
काठमाडौं: यही भदौ २० देखि २२ गतेसम्म हुने नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा २३ सय ९२ जना सहभागी हुने भएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको दोस्रो विधान महाधिवेशन मूल व्यवस्थापन स...