माधव नेपाल वा अरूले उम्मेदवारी दिए पनि कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिन्छ, जित्छ: शेखर कोइराला
काठमाडाैं | फागुन ९, २०७९
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रपतिमा कांग्रेसले उम्मेदवारी दिने र जित्ने बताएका छन्।
संसदको सबैभन्दा ठूलो दल कांग्रेस भएकोले राष्ट्रपतिमा उम्मेदवारी दिने कोइरालाले बताए। तर अहिलेसम्म उम्मेदवार भने टुंगो नलागेको कोइरालाको भनाइ थियो। राष्ट्रपति चुनावका लागि फागुन १३ गते मनोनयन दर्ता गर्ने कार्यतालिका छ।
‘हिजोदेखि एउटा कुरा आएको छ- केपी ओलीजीले माधवकुमार नेपालजीलाई भेट्नुभयो भन्ने। उहाँहरू पहिले एउटै पार्टी (एमाले) मा हुनुहुन्थ्यो, २ वर्षजति भयो उहाँहरूले अर्को पार्टी (एकीकृत समाजवादी) बनाउनुभयो। त्यसरी जाँदा फेरि एकै ठाउँमा उभिने 'चान्स' हुन्छ भन्ने पनि होला, ठिकै हुन्छ,’ कोइरालाले मंगलबार सिन्धुलीमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘तर नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिन्छ र त्यो उम्मेदवारले जित्छ। ढुक्क हुनुस्।’
एमाले अध्यक्ष ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भेटघाट भएका विषय बाहिर आउँदैमा कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी नदिई बस्ने भन्ने कुरा नआउने पनि कोइरालाले बताए।
‘माधव नेपालजी वा अरूको कुरा, ओलीले भेट्नुभयो भन्दैमा हामीले उम्मेदवार नदिने भन्ने सोच राख्या पनि छैन राख्दा पनि राख्दैनौं,’ उनले भने।
उनले चुनावका बेला पाँचदलीय गठबन्धन गरे पनि यसबीचमा कांग्रेसका तर्फबाट केही कमीकमजोरी रहेको र त्यो स्वीकार गरिएको पनि बताए। उनले दलका नेताका नाममा राष्ट्रिय सहमति हुने अवस्था आफूले नदेखेको बताए।
‘संसदमा भएका दलका नेताका नाममा राष्ट्रिय सहमति हुनुपर्यो, भएन भने के गर्ने?,’ उनले भने, ‘राष्ट्रपति पार्टीभित्रबाट लिने कि बाहिरबाट भन्ने पनि छ। पार्टीभित्रबाट दिँदा कांग्रेस उम्मेदवारलाई अर्को पार्टीले स्वीकार नगर्न पनि सक्छ। माओवादीका उम्मेदवारलाई अर्को पार्टीले स्वीकार नगर्न सक्छ। यसरी त राष्ट्रिय सहमति बन्दैन। राष्ट्रिय सहमति बनाउन बाहिरबाट गयो भने बन्न सक्छ, यो मेरो व्यक्तिगत कुरा हो। नत्र गाह्रो हुन्छ। सबै राजनीतिक दलले स्वीकार गरेको व्यक्ति म चाहिँ देख्दिनँ।’
पोखरा: एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...
पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका ...
पोखरा: गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

