राष्ट्रपति भण्डारी बागलुङ आउनुहुँदै

काठमाडाैं | फागुन ९, २०७९

राष्ट्रपति भण्डारी बागलुङ आउनुहुँदै

बागलुङ:  राष्ट्रपति विद्यादेवी भण्डारी बागलुङमा धार्मिक भ्रमणका लागि आउनुहुने कार्यक्रम तयार भएको छ । राष्ट्रपति भण्डारीले प्रसिद्ध धार्मिक स्थल बागलुङ कालिका भगवती मन्दिर दर्शनका लागि भोलि (बुधबार) बागलुङ आउनुहुने क्रम तय भएको हो ।

 

उहाँ बिहान १० बजे मन्दिर आउने कार्यक्रम रहेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो । राष्ट्रपति भण्डारीले मन्दिरमा करिब आधा घण्टा पूजा गर्नुहुने कार्यक्रम रहेको अध्यक्ष खड्काले बताउनुभयो । राष्ट्रपति भण्डारी हेलिकोप्टरमार्फत बागलुङ आउनु हुनेछ ।

 

‘‘देशको प्रमुखले मन्दिरको दर्शन गर्नु हाम्रो लागि ठूलो कुरा हो’’ अध्यक्ष खड्काले भन्नुभयो, ‘‘उहाँले दर्शन गरेपछि धार्मिक पर्यटनको विकासमा सहयोग पुग्ने विश्वास लिएका छौँ ।’’ अहिले कालिका मन्दिरलाई पुनर्निर्माण गरी कलात्मक स्वरुपमा परिवर्तन गरिएको छ ।

पोखरा:   पोखरामा जेसी नीति र महिला अधिकार सम्बन्धी अभिमुखीकरण तथा तीज विशेष कार्यक्रम भएको छ।सञ्चारिका समूह गण्डकीको आयोजनामा र असल छिमेकी सहयोग सङ्घ गोनेसाको सहयोगमा बुधबार कार्यक्रम भएको हो। गण्ड...

थप पढ्नुहोस्

पोखरा:   पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले यही भदौ १० र ११ गते पोखराको लेकसाइडस्थित बाराहीघाटमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ आयोजना गर्ने भएको छ ।  हरिताल...

थप पढ्नुहोस्

पोखरा:   उच्च हिमाली क्षेत्रहरुमा घुमघामका लागि पुग्ने पर्यटकहरुलाई खासगरी लेक लाग्ने समस्याबाट कसरी सुरक्षा प्रदान गर्न सकिन्छ भन्ने विषयमा बुधबार पोखरामा छलफल गरिएको छ । पदयात्रा र धार्मिक हिसावले हि...

थप पढ्नुहोस्