चर्काे ब्याजले आहत पोखरेली व्यवसायी सडकमा निस्कँदै
पाेखरा | फागुन १०, २०७९
पोखरा र लेखनाथ क्षेत्रका व्यवसायीहरु बैंक तथा बित्तीय संस्थाहरुको चर्काे ब्याजबाट आहत भएपछि सडक आन्दोलनमा उत्रने तयारीमा छन् ।
दुबै उद्योग वाणिज्य संघका पदाधिकारी सम्मिलित छलफलमा सहभागी सदस्यहरुले चर्काे ब्याजदर घटाउने मागसहित बिहीबारदेखि विरोधका कार्यक्रम सुरु गर्ने भएका हुन् ।
विरोधस्वरुप बिहीबार बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म विपीचोकमा शान्तिपूर्ण प्रदर्शन गरिने भएको छ ।
विरोध कार्यक्रमको संयोजकमा पोखरा उद्योग वाणिज्य संघ र सहसंयोजकमा लेखनाथ उद्योग वाणिज्य संघ रहेको छ ।
यस विषयमा प्रतिक्रिया दिँदै संघका लेखनाथ अध्यक्ष छत्रधर आत्रेयले अवस्था निकै कठिन भइसकेकाले विरोधमा उत्रन बाध्य भएको जनाएका छन् ।
‘चर्काे ब्याज तिर्न तारान्तार फोनसँगै धितो लिलाम गर्ने धम्कीले व्यवसायी आहत छन्’ अध्यक्ष आत्रेय भन्छन् ‘राष्ट्रबैंक लगायत सम्बन्धित निकायसमक्ष ब्याजदर घटाउन आन्दोलनमार्फत दबाब दिनेछौं ।’
भोलीको कार्यक्रम सांकेतिकरुपमा गरिने विरोध भएको बताउँदै पोखरा अध्यक्ष पवन प्रजापतिले यसपश्चात् व्यवसायीबीच थप छलफल गरी अघि बढ्ने उल्लेख गरे ।
‘हाम्रो आन्दोलन सुरु भइसक्यो’ अध्यक्ष प्रजापति भन्छन् ‘व्यवसायीलाई बचाइयोस् भन्दै वृद्धि गरिएको ब्याजविरुद्ध हामी अर्थ र प्रधानमन्त्रीसम्म पुग्नेछौं ।’
सात प्रतिशतमा लिएको ब्याज अहिले आएर तीन गुणा बढाइसकेको भन्दै प्रजापतिले व्यवसायीमारा ब्याज विरुद्ध आयोजना गरिएको कार्यक्रममा सहभागी भइ ऐक्यबद्धता जनाइदिन आग्रहसमेत गरेका छन् ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

