नेपालको स्वास्थ्य बीमाको मोडल फेर्नुपर्छ : डा. तोसिमा कार्की

काठमाडाैं | फागुन १०, २०७९

नेपालको स्वास्थ्य बीमाको मोडल फेर्नुपर्छ : डा. तोसिमा कार्की

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले नेपालको स्वास्थ्य बीमा प्रणाली बन्द हुने अवस्थामा पुगेको भन्दै चिन्ता जनाएकी छन् ।

 

बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले सुरु भएको ५ वर्षमै र ५० प्रतिशत नागरिकमा पनि नपुग्दै स्वास्थ्य बीमा कार्यक्रम बन्द हुने अवस्थामा पुगेको बताएकी हुन् ।

 

नेपालको स्वास्थ्य बीमाको मोडल गलत रहेको भन्दै त्यही कारण स्वास्थ्य बीमा बोर्डका अध्यक्षले हालै राजीनामा दिएको पनि उनले उल्लेख गरिन् ।

 

अर्बपति र गरिबले एउटै शुल्क तिर्नुपर्ने बीमाको मोडल गलत भएको भन्दै उनले भनिन्, ‘वैज्ञानिक ढंगले स्वास्थ्य बीमाको शुल्क तोकिनुपर्छ ।’

 

अस्पतालहरुले बीमावापत दिइएको एक लाखको हेल्थ प्याकेजलाई जसरी पनि खर्च गर्नुपर्छ भन्ने मान्यता राखेर अनावश्यक परीक्षण पनि गर्न लगाउने गरेको भन्दै डा. कार्कीले यसको नियमन एकदमै फितलो भएको बताइन् ।

 

स्वास्थ्य बीमा जुन अस्पतालमा तोकिएको छ, त्यसमा मात्र सेवा पाउने व्यवस्थाले पनि यो प्रभावकारी हुन नसकेको भन्दै सांसद कार्कीले बीमा गरेपछि जुनसुकै अस्पतालमा पनि सेवा पाउने व्यवस्था गर्न सुझाव दिइन् ।

 

देशमा आत्महत्या बढ्दै जाँदा पनि मानसिक स्वास्थ्य सेवाको अवस्था कमजोर रहेको भन्दै उनले यो सेवालाई व्यवस्थित गर्न र विस्तार गर्न माग गरिन् ।

 

आगलागीमा परेका सांसद चन्द्र भण्डारीको ३० प्रतिशत शरीर जलन हुँदा पनि कीर्तिपुर अस्पतालले उपचार गर्न नसकेर रेफर गर्ने अवस्था रहनु दुखद भएको कार्कीले बताइन् । जलनको उपचार व्यवस्था प्रभावकारी बनाउन र देशभरका अस्पतालमा जलनको उपचार सेवा सुरु गर्न पनि उनले सुझाव दिइन् ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्