स्कुलबसको ठक्करबाट एकको मृत्यु

काठमाडाैं | फागुन १०, २०७९

स्कुलबसको ठक्करबाट एकको मृत्यु

बिर्तामोड:  झापाको कनकाई नगरपालिका –७ दुर्गापुरमा बुधबार बिहान स्कुल बसको ठक्करबाट एक जनाको मृत्युभएको छ । साढे ५ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदैगरेको ना ४ ख ९३१९ नम्बरको निधि मावि तथा इन्द्रेणी क्याम्पसको स्कुलबसले मोटरसाइकललाई ठक्कर दिएको हो ।

 

विपरित दिशातर्फ जाँदैगरेको ०१—०१६ प ३१५९ नम्बरको मोटरसाइकल लाई ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो । दुर्घटनामा परी घाइते ताप्लेजुङ निवासी मोटरसाइकल चालक बर्ष ३० का समिर लिम्बुको उपचारका क्रममा विएण्डसी अस्पताल विर्तामोडमा मृत्युभएको प्रहरीले जनाएको छ । 

 

ठक्कर दिने स्कुलबस इलाका प्रहरी कार्यालय सुरुङ्गामा राखिएको तथा ठक्कर दिने चालक इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

गलकोट:  चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका–१० स्थित दब्ल्याङको पहिरो नियन्त्रण गर्न थालिएको छ । बागलुङ–१० भकुण्डेस्थित दब्ल्याङमा गएको पहिरोले जिल्लाका दक्षिणी क्षेत्रका दुई वटा सडक ब...

थप पढ्नुहोस्

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्