स्मार्ट होलिडेजमा खगेन्द्र न्यौपानेको प्रवेश
काठमाडाैं | फागुन ११, २०७९
काठमाडौं: एनआरएन सचिव खगेन्द्र न्यौपाने नेपालमा ट्राभल एण्ड टुर्समा अग्रणी भुमिकामा रही व्यवसाय गर्दै आइरहेको स्मार्ट होलिडेज प्रा.लि. र ग्रिनल्याण्ड होलिडेज प्रा.लि.मा आवद्ध भएका छन् ।
दुवै कम्पनीको ३३ प्रतिशत शेयर खरिद गरेका न्यौपाने विकास हाइड्रो पावर लिमिटेडका अध्यक्ष समेत रहेका छन् । लामो समयदेखि विभिन्न व्यवसायमा आवद्ध न्यौपाने मलेशियामा एनचाएनका पुर्व अध्यक्ष। एटी ग्रुप अफ मलेशियाका संस्थापक सञ्चालक तथा भिनोलिभा हस्पिटालिटिको अध्यक्ष समेत रहेका छन् ।
न्यौपानेले ट्राभल क्षेत्रमा भएको अन्योलता तथा कोभिड महामारीबाट थलिएको क्षेत्रलाई उकास्न आफ्नो लगानी यस क्षेत्रमा रहेको जानकारी गराउनु भयो । काठमाडौं हात्तिसारमा राजिटर्ड कार्यालय रहेको स्मार्ट होलिडेज प्रा.लि. र ग्रिनल्याण्ड होलिडेज प्रा.लि. लामो समयदेखि सञ्चालकद्वय बालकृष्ण खड्का र इश्वर सापकोटाले सञ्चालन गर्दै आउनु भएको थियो ।
नेपाल बाहिर समेत व्यापार व्यवसायमा सफल रहेका खगेन्द्र न्यौपानेको साथ र सहयोगले ट्राभल तथा टुर्सको क्षेत्रमा थप प्रगती गर्न सकिने संस्थाका सञ्चालक इश्वर सापकोटाले जानकारी दिनु भयो । कम्पनीको सामुहिक कारोबार यहि फ्रेबरी १५, २०२३ देखि सञ्चालन हुने साथै खगेन्द्र न्यौपानेले सञ्चालन गर्दै आइरहेको मलेशिया स्थित एटी ट्राभल्ससमेत सोही मितिदेखि स्मार्ट होलिडेज मार्फत सञ्चालनमा आउने कम्पनीका सञ्चालक बालकृष्ण खड्काले जानकारी गराउनु भयो ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

