बेवारिसे स्राेत, साधनहरुको सदुपयोग गर्न सरकारसँग आग्रह
काठमाडाैं | फागुन १२, २०७९

काठमाडौं: नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले सरकारले सरकारी कार्यालयहरु बेवारिसे रुपमा राखिएका स्राेत, साधनहरुको सदुपयोग गर्न आग्रह गर्नुभएको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा सांसद सिंहले यस्तो आग्रह गर्नुभएको हो ।
उहाँले देशभरकै नेपाल सरकारको कार्यालय र प्रहरी कार्यालय परिसरभित्र साधनस्राेत, मोटरसाइकलदेखि गाडीहरु पनि थुपारेर राखेको भन्दै आपत्ति जनाउनुभयो । सांसद सिंहले करोडौं मूल्य पर्ने साधनस्राेत कौडीको मूल्यमा बेच्न राखिएको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘देशभरकै नेपाल सरकारको कार्यालय र प्रहरी कार्यालय परिसरभित्र थुपारिएर राखिएका साधन स्राेत, मोटरसाइकलदेखि गाडीहरु बेवारिसे रुपमा राखिएको छ । नियम नमिलेको हो भने नियम मिलाएर करोडौं मूल्य जाने सवारीसाधनहरु कार्यालयको परिसरमा कौडीको मूल्यमा बेच्नुको लागि राखिएको छ, यसले राम्रो भएन ।’’ सांसद सिंहले साधनस्राेतको सही सदुपयोका लागि ऐन, नियममा समस्या भए सच्याएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
काठमाडौं: त्रिभुवन विश्वविद्यालयले कात्तिक ११ गतेसम्म विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरेको छ। मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदै बिदामा कटौती गर्नेगरी...
काठमाडौं: देशभर बिहीबार साधारणतया मौसम बदली रहनेछ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदरभन्दा केही उत्तरतिर अवस्थित छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदे...
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी अहिलेसम्म अस्पतालमा हिंसात्मक प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइतेहरूको उपचार भएको जनाएको छ । मन्त्रालयका सचिव डा. विकास देव...