गण्डकी प्रदेशबाट राप्रपाका मन्त्री पन्चराम बाहिरिने
पाेखरा | फागुन १३, २०७९
राष्ट्रिय प्रजातन्त्र पार्टीले संघ र सरकार दुबै सरकारबाट बाहिरिने निर्णय गरेसँगै गण्डकी प्रदेशमा पनि सरकार हेरफेर हुने भएको छ ।
बिहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेसँगै गण्डकीमा पनि यस्तो अवस्था आएको हो ।
निर्णयपछि प्रदेशका युवा तथा खेलकुदमन्त्री पन्चराम गुरुङले पार्टीको निर्णयलाई पालना गर्ने प्रतिक्रिया दिएका छन् । ‘धुम्बाराही बैठकबाट संघ र प्रदेशको सरकारबार बाहिरिने निर्णय भर्खरै भएको छ’ मन्त्री गुरुङ् भन्छन् ‘हामीले त्यसको पालना गर्दै बाहिरिने छौं ।’
यद्यपि, पार्टीको निर्णयभपछि प्रदेश कमिटीमा पनि अब छलफलमा बस्ने तयारी भइरहेको गुरुङले जनाए ।
प्रदेशमा राप्रपाका २ सांसद छन् ।
पुस १० मा सात दलबीच प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको थियो। उक्त सहमतिअनुसार बनेका प्रदेश सरकारमा पनि राप्रपाले सहभागिता भएको थियो।
प्रचण्ड नेतृत्वको सरकारमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्रीसहित ऊर्जा मन्त्री बनेर सहभागी बनेका थिए। राप्रपाबाट विक्रम पाण्डे सहरी विकास मन्त्री र दीपकबहादुर सिंह ऊर्जा राज्यमन्त्री बनेका थिए।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी पनि प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको थियो। रास्वपाले सरकारबाट बाहिरिँदा सरकारलाई दिएको समर्थन फिर्ता लिएको लिएको थिएन।

काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

