एनटिभी पत्रकार हितंगाको दुर्घटनामा परि मृत्यु

बुटवल | फागुन १४, २०७९

एनटिभी पत्रकार हितंगाको दुर्घटनामा परि मृत्यु

बुटवल:  बुटवलका पत्रकार मनोज हितंगाको सवारी दुर्घटनामा परि मृत्यु भएको छ । गए राती करिब ११ बजे बुटवलको नयाँ बसपार्क नजिक हितंगा सवार मोटरसाइकलाई बसले ठक्कर दिएको थियो । 

 

बुटवलको मिलन चोकबाट अस्पताललाईन तर्फ गईरहेका हितंगा सवार लु ८ प ९०६८ नम्बरको मोटरसाइकल र मिलन चोक तर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०७–०२–००१ ख १२२६ नम्बरको  यात्रु बाहक बस बसपार्क नजिकै ठक्कर खाँदा उक्त दुर्घटना भएको थियो ।

 

दुर्घटनाबाट गम्भीर घाइते हितंगालाई स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगेकोमा उपचारकै क्रममा निधन भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । 

 

लामो समयदेखि टेलिभिजन क्यामेरा पर्सनको रूपमा कार्यरत हितंगा पछिल्लो समय एनटिभीको लुम्बिनी प्रदेश कार्यालयमा कार्यरत हुनुहुन्थ्यो । पाल्पाको तानसेनका स्थायी बासिन्दा हितंगा करिब १५ वर्ष देखि बुटवलको बुद्ध नगरमा बस्दै आउनु भएको थियो । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्