प्रचण्डजी एक थरी बोल्नुहुन्छ, गर्नुहुन्छ बेग्लै: अध्यक्ष ओली
काठमाडाैं | फागुन १४, २०७९
काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अंगभंग भएका, सहादत भएकालाई सम्झिएको छ कि छैन भन्दै प्रश्न गरेका छन्।
राजनीतिक आन्दोलनमा घाइते भएकालाई सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, 'प्रधानमन्त्री जीले अंगभंग भएका, सहादत भएकालाई सम्झिनुभएको छ कि छैन ?'
प्रधानमन्त्री प्रचण्ड एकथरी बोल्ने र अर्कै काम गर्दै हिँड्ने गरेको ओलीले बताए। उनले भने, 'प्रचण्डजी एक थरी बोल्नुहुन्छ, गर्नुहुन्छ बेग्लै। उहाँसँग अस्ति भएको भेटमा मलाई भन्नुभयो-दुई महिना गाह्रो भयो है। नहोस् पनि कसरी उहाँ दाम्लो चुँडाएर जान खोज्ने, मैले रोक्दिने। उहाँलाई गाह्रो भएको थियो।'
प्रचण्ड धोका दिने मान्छे भनेर आफूले चिनेको बताउँदै ओलीले अहिले पनि प्रचण्डले व्यवहार नसुधारेको बताए। ओलीले भने, 'तपाईंहरूलाई थाहा छ बिरालो पाल्न किन्नु पर्दैन दूध र भात दियो भने छिमेकीको बिरालो आफ्नै हुन्छ। एउटा कचौरामा दूध भात दिनुहोस् छिमेकीको बिरालो आफैँ आउँछ। प्रचण्डमा यही स्वभाव हावी छ। जता पाइन्छ उहाँ ढल्किहाल्नुहुन्छ।'
लेखनाथ: महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सव जारी २१ औं संस्करणको तेश्रो दिन शनिवार दर्शको घँुइचो लागेको छ । शनिबार बिदाको दिनपरेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थीसमेतक...
पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहे...
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

