इन्जेक्सन दिएँ, मल्हम लगाएँ तर फत्रक्क झर्यो : ओली
काठमाडाैं | फागुन १४, २०७९
काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई रुखको पातको संज्ञा दिएका छन् । आइतबार शहिद तथा घाइते परिवारलाई सम्मानमा आयोजित कार्यक्रममा उनले रुखको पात झरेपछि मलमा परिणत हुनबाहेक कुनै काम नलाग्ने पनि बताए ।
‘झरेको पात मलमा परिणत हुन्छ । म टुप्पाको पात हुँ भनेर धाक लगाएपनि झरेपछि त्यसको परिणति मल नै हो’, ओलीले प्रचण्डको नाम नलिइकनै भने, ‘को झर्यो को झरेन म अहिले भन्न चाहान्नँ । तपाईहरुले देखिरहनुभएको छ कसरी हल्लिँदै हल्लिँदै भुइँतिर झर्याे ।’ पछिल्लो विज्ञान प्रविधिमार्फत पुस १० मा जोड्न खोजे पनि नजोडिएको ओलीको भनाइ छ ।
‘मैले लेटेस्ट साइन्स टेक्नोलोजीको माध्यमबाट जोड्दा हुन्छ की भनेर पुस १० गते लगेर जोडिहेरेँ, इन्जेक्सन दिएँ, मल्हम लगाएँ, तर हुँदोरहेनछ । फत्रक्क झर्यो फेरि’, उनले यसमा चिन्ता गर्नुपर्ने कारण नरहेको पनि बताए । उनले घाइते तथा शहिद परिवारलाई एमाले सरकारमा नभएपनि पार्टीले उनीहरुको उपचार हेल्थडेक्स राखेरै भएपनि गर्नेभएकाले पार्टी कार्यालयमा आउन आग्रह गरे । ओलीले ८० सिुट हुँदा पनि पदको लोभ नगरी ३२ सिट भएकालाई प्रधानमन्त्री दिएको भन्दै पछि एमाले गठबन्धन छोडेर छिमेकीकोमा गएको बताए ।
‘ठुलो कचौरामा दुध र भात दिएपछि बिरालो छिमेकीकोमा जानु अनौठो होइन के के छन् शर्त भन्ने थाहा छैन । पछि थाहा हुँदै जाला’, ओलीको टिप्पणी छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

