पोखरामा सवारी दुर्घटनाः ६ महिनामा २३ को मृत्यु, ५७ घाइते
पाेखरा | फागुन १५, २०७९
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले ६ महिनामा सवारी दुर्घटनामा ज्यान गुमाउने संंख्या २३ जना रहेको जानकारी दिएको छ ।
कास्की प्रहरीले अर्धवार्षिक कार्यविवरण सार्जनजिक गर्र्दा सवारी दुर्घटनामा ज्यान गुमाउने संख्या २३ जना रहेको प्रहरी निरीक्षक राम तिमिल्सिनाले जानकारी दिए ।
उनका अनुसार कास्कीमा ६ श्रावण महिनादेखि यता ६४ जना सवारी दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ भने ५७ जना घाइते भएका छन् । प्रहरी निरीक्षक तिमिल्सिनाका अनुसार ३८ हजार ४ सय २२ वटा सवारी कारवाही गर्दा ३ करोड ३० लाख ७५ हजार राजश्व संकलन भएको छ ।
पोखरामा २९ केजी गाँजा प्रहरीको नियन्त्रणमा
जिल्ला प्रहरी कार्यालय कास्कीले ६ महिनामा जिल्लाको विभिन्न स्थानबाट २९ केजी बढी गाँजा लागूऔषध नियन्त्रणमा लिएको छ ।
प्रहरीले चालु आर्थिक वर्षको श्रावण महिना देखि यता जिल्लाको विभिन्न स्थानबाट लागूऔषध नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ ।
कास्की प्रहरीका अनुसार गाँजा २९ केजी ९ सय ९७ ग्राम, चरेश ३ केजी ३ सय ग्राम, ब्राउन सुगर २०.०७ ग्राम, डाईजापाम, फेनेरागमन नुर्फिन ३ हजार ७ सय ९७ एम्पुल, नाईट्रोभ्याट, ट्रामाडोल ३१ चक्की र ६९ स्थानमा गाँजा फडानी गर्दा ५० हजार बोट नष्ट गरेको हो ।
कास्कीले प्रहरीले पछिल्लो ६ महिनामा जिल्लाको विभिन्न स्थानमा नदीजन्य पदार्थको अवैध उत्खनन् गर्ने ६२ वटा सवारी साधनलाई नियन्त्रणमा लिएर सम्बन्धित स्थानीय तहमा कारवाहीका लागि पठाएको जनाएको छ ।
पछिल्लो ६ महिनामा यता १२ वटा ट्याक्टर, ४३ वटा टिप्पर, १ वटा ट्रक, ३ वटा स्क्याभेटर, ३ वटा जेसिबी गरी ६२ वटा सवारीलाई सम्बन्धित स्थानीय तहलाई कारवाही लागि पठाएको हो ।
६२ वटा सवारीबाट ८ लाख २२ हजार ६ सय ८० राजश्व संकलन गरेको कास्की प्रहरीले जनाएको छ ।
यस्तै जिल्ला प्रहरी कार्यालय कास्कीले २० जना प्रहरीलाई कारवाही गरेको छ ।
पछिल्लो ६ महिना यता कास्कीमा २० जना प्रहरी कारवाहीमा पर्दा ८५ जना प्रहरी भन सम्मानित भएको कास्की प्रहरीले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

