पोखरामा सवारी दुर्घटनाः ६ महिनामा २३ को मृत्यु, ५७ घाइते
पाेखरा | फागुन १५, २०७९
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले ६ महिनामा सवारी दुर्घटनामा ज्यान गुमाउने संंख्या २३ जना रहेको जानकारी दिएको छ ।
कास्की प्रहरीले अर्धवार्षिक कार्यविवरण सार्जनजिक गर्र्दा सवारी दुर्घटनामा ज्यान गुमाउने संख्या २३ जना रहेको प्रहरी निरीक्षक राम तिमिल्सिनाले जानकारी दिए ।
उनका अनुसार कास्कीमा ६ श्रावण महिनादेखि यता ६४ जना सवारी दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ भने ५७ जना घाइते भएका छन् । प्रहरी निरीक्षक तिमिल्सिनाका अनुसार ३८ हजार ४ सय २२ वटा सवारी कारवाही गर्दा ३ करोड ३० लाख ७५ हजार राजश्व संकलन भएको छ ।
पोखरामा २९ केजी गाँजा प्रहरीको नियन्त्रणमा
जिल्ला प्रहरी कार्यालय कास्कीले ६ महिनामा जिल्लाको विभिन्न स्थानबाट २९ केजी बढी गाँजा लागूऔषध नियन्त्रणमा लिएको छ ।
प्रहरीले चालु आर्थिक वर्षको श्रावण महिना देखि यता जिल्लाको विभिन्न स्थानबाट लागूऔषध नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ ।
कास्की प्रहरीका अनुसार गाँजा २९ केजी ९ सय ९७ ग्राम, चरेश ३ केजी ३ सय ग्राम, ब्राउन सुगर २०.०७ ग्राम, डाईजापाम, फेनेरागमन नुर्फिन ३ हजार ७ सय ९७ एम्पुल, नाईट्रोभ्याट, ट्रामाडोल ३१ चक्की र ६९ स्थानमा गाँजा फडानी गर्दा ५० हजार बोट नष्ट गरेको हो ।
कास्कीले प्रहरीले पछिल्लो ६ महिनामा जिल्लाको विभिन्न स्थानमा नदीजन्य पदार्थको अवैध उत्खनन् गर्ने ६२ वटा सवारी साधनलाई नियन्त्रणमा लिएर सम्बन्धित स्थानीय तहमा कारवाहीका लागि पठाएको जनाएको छ ।
पछिल्लो ६ महिनामा यता १२ वटा ट्याक्टर, ४३ वटा टिप्पर, १ वटा ट्रक, ३ वटा स्क्याभेटर, ३ वटा जेसिबी गरी ६२ वटा सवारीलाई सम्बन्धित स्थानीय तहलाई कारवाही लागि पठाएको हो ।
६२ वटा सवारीबाट ८ लाख २२ हजार ६ सय ८० राजश्व संकलन गरेको कास्की प्रहरीले जनाएको छ ।
यस्तै जिल्ला प्रहरी कार्यालय कास्कीले २० जना प्रहरीलाई कारवाही गरेको छ ।
पछिल्लो ६ महिना यता कास्कीमा २० जना प्रहरी कारवाहीमा पर्दा ८५ जना प्रहरी भन सम्मानित भएको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

