नेपाललाई दोस्रो सफलता, गुल्शनले लिए विकेट

काठमाडाैं | फागुन १५, २०७९

नेपाललाई दोस्रो सफलता, गुल्शनले लिए विकेट

दुबईः आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध नेपालका लागि दोस्रो विकेट गुल्शन झाले लिएका छन्।

 

नेपालका लागि सोमपाल कामीले चार ओभरमा ६ रन खर्चेर एक मेडनसहित एक विकेट लिएका छन्। यस्तै करण केसीले पाँच ओभरमा सात रन खर्चेर दुई मेडन राख्दा डेब्यूट्यान्ट प्रतिश जिसीले चार ओभरमा २३ रन खर्चिएका छन्। दीपेन्द्रसिंह ऐरीले एक ओभरमा मेडन राखेका छन्।

 

पीएनजीका लागि ओपनर टोन उरा १३ बलमा दुई रन जोडेर आउट हुँदा विकेटकिपर किप्लिन डोरिगा ५९ बलमा चार चौकासहित २९ बनाएर पेभेलियन फर्केका हुन्। डोरिगा गुल्शनको बलमा करण केसीको हातबाट क्याच आउट भए। सेसे बाउ १८ रन बनाएर खेलिरहेका छन्। गुल्शनले चार ओभरमा १७ रन खर्चेर एक विकेट लिएका हुन्।

 

पीएनजीले १८ ओभर सकिँदा दुई विकेट गुमाएर ६१ रन बनाएको छ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्